• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा प्रहरी र मीटर व्याज पीडित वीच झडप, आधादर्जन महिला गिरफ्तार

सप्तरीमा प्रहरी र मीटर व्याज पीडित वीच झडप, आधादर्जन महिला गिरफ्तार
न्यूज टुडे
राजविराज, २० भदौ । 
सप्तरीमा बिहीवार मिटर व्याज तथा लघुवित्त पीडित र प्रहरी वीच दोहोरो झडप भएको छ ।  पक्राउ परेका इन्जिनियर प्रमोद राणालाई रिहाईको  माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका मिटर व्याज तथा लघुवित्त पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको हो । 
प्रमोद राणालाई रिहाईको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका मिटर व्याज तथा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति
पदाधिकारी । फोटो : न्यूज टुडे
प्रहरी विरुद्ध चर्को नारा लगाउंँदै पीडितहरुले जिल्ला प्रहरी कार्यालयको ढोका धकल्न थालेपछि प्रहरीले पीडित महिलाहरुमाथि अन्धाधुन्ध लाठीचार्ज गरेका थिए । प्रहरीले लाठीचार्ज गरेर पछाडि हटेका आन्दोलनकारी महिलाहरुले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए  । 
कोणसभालाई सम्बोधन गर्दै लघुवित्त तथा वित्तीय शोषण संघर्ष समितिका अभियन्ता । फोटो : न्यूज टुडे
प्रहरीमाथि ढुङ्गामुढा बर्साउन थालेपछि प्रहरीले बलप्रयोग गरी आन्दोलनकारीहरुलाई धपाएका थिए । प्रहरीले लाठीचार्ज गर्नथालेपछि आन्दोलनकारी महिलाहरु  तितरबितर भएका थिए ।  प्रहरीले पसल तथा गल्लीमा लुकेर बसेका आधादर्जन महिलाहरुलाई नियन्त्रणमा लिएका छन् ।  
जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारी । फोटो : न्यूज टुडे
प्रहरीले आन्दोलनमा सहभागी भएको आरोपमा आधा दर्जन महिलाहरुलाई  गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूको पहिचान प्रहरीले खुलाएका छैन भने झडपमा कतिजना घाइते  भएको हो भन्ने विवरण आउन बाँकी छ । 
रुपनी गाउँपालिका २ का इन्जिनियर प्रमोद राणालाई प्रहरीले झुठो मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउंँदै मिटर व्याज पीडित तथा लगुवित्त पीडितहरुले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । 
मिटर व्याज विरुद्ध आन्दोलन केन्द्र सप्तरी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति सप्तरीको अगुवाईमा “प्रमोद राणालाई रिहा गर,झुठो मुद्दा खारेज गर, प्रहरी प्रशासन मुर्दावाद, प्रमोद राणा हाइहाई” लगायतका नारा लगाउंँदै  शिव मन्दिरबाट निस्किएको जुलुस जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए ।  
मिटर व्याज तथा लगुवित्त तथा वित्तीय संस्था पीडितहरुलाई समर्थन गर्ने राणालाई प्रहरीले झुठो मुद्दा लगाएर फाँसाएको आन्दोलनकारीहरुले आरोप लगाए । 
उनीहरुले राणालाई ३६ घण्टा भित्र निसर्त रिहाई नगरे चक्काजामसहितको सशक्त आन्दोलनमा जाने चेतावनी दिए । 
घुस खाएर पिडकको प्रभावमा परी पीडितमाथि सप्तरी प्रहरीले दमन गर्दै आएको आरोप लगाउंँदै बक्ताहरुले प्रहरीले न्याय नदिए खोसेर लिने भन्दै आक्रोश व्यक्त गरे   
जिल्ला प्रहरी कार्यालय अगाडि आयोजित कोणसभामा मिटर व्याज विरुद्ध संघर्ष समिति सप्तरीका अध्यक्ष मो. उस्मान, लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपाल सप्तरीका अध्यक्ष उमेश भगत, अभियानताहरु धनिक लाल चौधरी,  विभा साह, विद्यार्थी नेहा सिंह लगायतकाले सम्बोधन गरेका थिए ।