• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीज पर्वको अवसरमा राजविराजमा सार्वजनिक विदा 

तीज पर्वको अवसरमा राजविराजमा सार्वजनिक विदा 
न्यूज टुडे
राजविराज, २० भदौं । 
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज पर्वको अवसरमा राजविराज नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ ।  नगरपालिकाद्वरा बिहीवार एक सूचना जारी गर्दै  नगरपालिकामा १ दिन सार्वजनिक विदा दिएको जनाएको हो । 
नारीहरुको महान पर्व तीज र चौरचनको शुभकामना व्यक्त गर्दै अतिआवाश्यक सेवा बाहेक शुक्रबार १ दिन सार्वजनिक विदा दिईएको कार्यबाहक नगर प्रमुख इसरत परविनले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ । 
” तीज एवम् चौरचन पर्व समेत रहेको सुखद अवसारमा सम्पुर्ण महिला दिदीबहिनीहरु तथा सम्पुर्ण जिल्लाबासी, नगरबासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस अवसरमा अति आवश्यक सेवा बाहेकका सम्पुर्ण कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा २०८१/०५/२१ गते शुक्रबार विदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्राकशन गरिएको छ” नगरपालिकाद्वारा सूचनामा भनिएको छ । 
हरितालिका (तीज) व्रतको अघिल्लो दिन बिहीवार हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व सुरु हुँदैछ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवम् आडिलो परिकार दरका रुपमा खाई व्रतका लागि पूर्व तयारी गर्छन्।
शुक्रबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।