रामनाथ यादव
राजविराज , १९ भादाै ।
सप्तरीको राजविराज नगरपालिका १३ स्थित महावीर माध्यमिक विद्यालय विसहरियामा चाेरी भएकाे समान सहित वुधवार आरोपित पक्राउ परेकाे छ । राजविराज नगरपालिका १३ का राम कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साउन २६ गते राती चाेरहरुले विद्यालय काेठाकाे ताला फाेडेर कम्प्युटर , फाेटाेकापी र पंखा लगायतका १२ लाख भन्दा वढी सामान चोरी गरेका थिए । विद्यालयमा चाेरी भएपछि विद्यालयका प्रधानाध्यापक ,शिक्षक, व्यवस्थापन समिति ,अभिभावक , राजनीतिदल समाजसेवी , वुद्विजिवी लगायतका व्यक्तिहरु वसेर चोरीमा संलग्नहरुको खोजी गर्ने निर्णय गरेका थिए ।
स्थानीय युवा रामकुमार राम र वलराम यादवले व्यवस्थापन समितिका अध्यक्ष किसुन देव यादवलाई ११ हजार दिएपछि चाेर पत्ता लगाइ दिन्छु भनेपछि समिति अध्यक्ष ७ हजार, वडा अध्यक्ष ३ हजार समितिका सदस्य १ हजार, एक सय गरि ११ हजार १ सय रुपैया चाेर पता लगाउन दिएकाे थियाे । तर चाेर पता लगाउन आलटाल गरिदा शंकाको आधारमा रामकुमार राम,जगदेव राम र वलराम यादवलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखिए पनि पाँच-पाँच हजार धराैटीमा छुटेका थिए ।
विहान ४ वजे राम वाेरामा सामान लिएर साइकलमा चढेर राजविराज आउदै गर्दा गाउँका केही व्यक्तिले देखेपछि विद्यालयका अध्यक्ष किसुनदेव यादवलाई जानकारी गरिए लगत्तै अध्यक्ष यादवले तुरुन्तै माेटरसाइकलवाट खेददै गएपछि उनलाई चोरीको सामानसहित सिंगयाैनकाे पम्प नहर नजिक पक्राउ परेको स्थानीयले बताए ।
रामलाई प्रहरीलाई बोलाएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको अध्यक्ष यादवले बताए । राम माथि चाेरी मुद्दा दर्ता गरिएकाे उनले वताए ।
महिनाैसम्म पनि चाेरकाे पता लाग्न नसक्दा विद्यालयका शिक्षक , विद्यार्थी ,अभिभावक चिन्तित रहेकाे थियाे ।
विद्यालय विदा भएकाे माैका छाेपी प्रधानाध्यापककाे काेठाकाे ताला फाेडेर चाेरले कम्प्युटर २ थान फाेटाेकापी मेसिन १ थान र पंखा २७ थान लगायत १२ लाख वढीकाे समानहरु चाेरी गरेका थिए।