न्यूज टुडे
राजविराज, १९ भदौ।
नेपाली कांग्रेस मधेस प्रदेश सह-महामन्त्री विन्दु यादवले महिलाहरूको आयोजना गर्ने कार्यक्रमले सिक्ने र सिकाउने अवसर मिल्ने बतएकी छिन् । नेपाली कांग्रेस महिला समितिद्वारा सप्तरीको राजविराजमा बुधबार आयोजित हरितालिका तीज महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सह- महामन्त्री यादवले हाम्रो संस्कृतिले भेटघाट गर्ने अवसर बाहेक आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर जुटाएर महिलाको मनोबल बढाउने धारणा समेत व्यक्त गरे ।
अवकास प्राप्त शिक्षिका मंजु श्रेष्ठले पार्वतीले कठोर तपस्या गरेर देवोका देव महादेव पति पाएपछि खुशीयालीमा तीजव्रत बस्ने परम्पराको थालनी भएको बताईन् । उनले विवाहिता महिलाले अटल सौभाग्यवतीको कामना गर्दै यो व्रत लिने गरेको बताईन् । उनले एकल महिलाले पतिसंगको पुनः मिलनका लागि गर्ने र कुमारी कन्याले आफुले चाहेको पति पाउनका लागि यो व्रत गर्ने गरेको बताइन् ।
प्रदेशसभा सदस्य निलम कुमारी रजकको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरूंगा नगरपालिकाकी मेयर गीता चौधरी,अग्नीसाइर कृष्णासवरन गाउँपालपकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी तिलाठी कोइलाडी उपाध्यक्ष फुल कुमारी साह,नेपाली कांग्रेस प्रदेश सदस्य नितु झा, पवनी देवी खंग,नेपाली कांग्रेसकी दलित केन्द्रीय सदस्य मोहनी साफी,जिल्ला सदस्य काजल देव,नेपाली कांग्रेस महिला संघको पूर्व सभाापति ज्ञानु भट्टराई ,महासचिव सदस्य विनिता कर्ण,मालती चौधरी ,, मधेस प्रदेश सदस्य पबनी देवी खंगलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
पत्रकार सुधा देवद्वारा संचालित कार्यक्रम स्वागत कार्यपालिका सदस्य ललिता कर्णले गरेकी थिईन।