• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीज पर्वले एकताको संदेश दिएको छ :  अध्यक्ष यादव 

तीज पर्वले एकताको संदेश दिएको छ :  अध्यक्ष यादव 
नर्मदेव यादव 

रुपनी, १९ भदौ । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले महिलाहरुले मनाउने हरितालिका तीजले एकताको संदेश दिएको बताएका छन् । जय रुपनी महिला समूह रुपनीद्वारा रुपनी बजारमा बुधबार तीज पर्वको अवसरमा आयोजित दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
जय रुपनी महिला समुहकीअध्यक्ष बलो कुजर्नीको अध्यक्षताम्म आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले महिला दीदीबहिनीले मनाउने तीज पर्वले समाजिक तथा धार्मिक एकता बलियो बनाएको बताए । 
 “सबै जात जातीहरु मिलेर कुन मुस्लिम कुन हिन्दु कुन पहाडी कुन मधेसी जुन एकताको सन्देश यो तीज पर्वले दिएको छ,” अध्यक्ष यादवले भने,” कार्यक्रम आयोजना गरेकोमा यो महिला समुहलाई धन्यवाद दिन्छु।”
उनले महिला सम्पूर्ण परिवर्तनको सम्वहक रहेको भन्दै जव अन्याय अत्याचार बढ्छ  तब महिला देवी दुर्गाको रुपमा प्रकट भई अत्याचारीको संघार गर्ने बताए ।  
अहिलेको अबस्थामा बालबालिकाहरु कुलत तथा गलत बाटोमा हिड्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले  अभिभावकबाटै असल संस्कार र शिक्षा दिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर १ की अध्यक्ष लिला यादव, न्याय समिति सदस्य बविता साह, कार्यपालिका सदस्य नविना खवास, वडा सदस्य अनारदेवी पासवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
स्थानीय श्रवण यादवद्वारा संचालित कार्यक्रममा स्वागत  महिला शाखा  प्रमुख रिता साहले गरिन । उक्त अवसरमा ज्येष्ठ नागरिक महिला समूहका अध्यक्ष बलो कुजर्नीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा छ्पकी, कटैया, जगमोहन, बघाखाल, पिपराही, हर्दिया लगायतका महिलाहरुको सहभागीता रहेको  महिला समूहकी सचिव रंजिता साहले जानकारी दिइन् ।