न्यूज टुडे
राजविराज, १९ भदौ ।
सप्तरीको अग्नीसाईर कृष्णावारन गाउँपालिका २ चाँदनी चोकमा मंगलबार राती चोरी भएको छ । स्थानीय ललित नारायण साहको घरमा चोरी भएको हो ।
घरको पाँचवटा कोठाको ताला फुटाएर साहको घरभित्र भएका सरसामान चोरी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका पारेर ग्यास सिलिन्डर, गैती, बेल्चा, सावेल,भाँडाकुँडालगायतको सामान चोरी भएको स्थानीय खड्ग बहादुर तामाङले बताए ।
घरमा कोही नभएको मौका पारेर भाडावालाको धेरैजसो सामान चोरी भएको उनले जानकारी दिए । साह दम्पती कान्छो छोरा भारतको ऋषीकेशमा अध्यनरत रहेकाले विगत ३ बर्षदेखि उतै बस्दै आएका छन् । जेठो छोरो टियूको प्राध्यापक भएकोले बुटवलमा बस्ने गरेकले घर खाली थिए ।
घरको एक कोठामा भाडावाल बस्दै आएपनि उनी समेत चोरी हुने दिन घरमा थिइनन् । उनको कोठाको समेत ताला फुटाएर सिलिन्डरसहितका सरसामान चोरी भएको तामाङले बताए ।
लामो समय बहिर बस्नुपर्ने भएपछि घरको रेखदेखको जिम्मा तामाङलाई दिएका थिए । बुधबार बिहान घरको मुलढोका खुल्लै देखेर हेर्न जाँदा चोरी भएको थाहा पाएको तामाङले जानकारी दिए । घरभित्र पसेर हेर्दा पाँंचवटै ढोकाको साँचो फोरेर चोर भित्र पसी सामानहरु जताततै छरिएको अबस्थामा पाइएको उनले बताए ।
चोरी भएको खबर प्राप्त भएपछि घटना स्थलमा प्रहरी टोली खटी आवश्यक अनुसन्धान गरिएको तथा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।।
यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका ५ स्थित जनता राप्रावि कट्टीमा समेत मंगलबार राती चोरी भएको छ । विद्यालयको ढोकाको ताला फुटाएर कम्प्युटर, पंखा, मोटर, पाइप, सूचना पाटी, विभिन्न हाजिरी रजिस्टार, ग्यास सिलिन्डर, चुलो, बालबालिकाकाको खाजामा प्रयोग हुने सामान चोरी भएको प्रधानाध्यापक बबिता कुमारी यादवले बताइन् ।