• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वडा नम्बर ६ को ताला खुल्यो
न्यूज टुडे
राजविराज, १८ भदौ । 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ काे वडा कार्यालयमा लगाएको ताला खोलिएको छ । स्थानीय युवाहरुद्वारा गरिएको ताला मंगलबार पाँच दिनपछी  खोलिएको हो । 
विभिन्न याेजनाहरुकाे लिखित माग राखिकाेमा  मंगलबार दुवै पक्ष विच छलफल गरी  माग पूरा गर्ने प्रतिवद्वता पछी ताला खोलिएको स्थानीय एक युवकले बताए । 
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल ,  याेजना शाखा अधिकृत राजु झा र स्थानीय युवाहरुको राेहवरमा ताला  खाेलिएकाे थियो । युवाहरूकाे माग अनुसारकाे निवेदन पाँच दिन पछि ताेक लगाएर दर्ता गरि मंगलबार सहमति भएपछि याेजना अधिकृत झाले ताला खोलेका थिए । 
स्थानीय वडा नम्बर ६ का युवाहरुले आर्थिक वर्ष २०८०/०८१  मा गरिएको  विकासीय याेजनाहरुकाे कार्य विवरण तथा  के कति याेजनाहरुकाे काम सम्पन्न भएकाे हाे,  कति  काम वांँकी रहेकाे साे कामकाे विवरण एवम् सामाजिक शाखा अन्तर्गत दिएका तालिमहरुकाे कार्य विवरण कागजात सहितका माग गरिएको लिखित  कागजात सहित उपलब्ध गराउने वडा नम्बर ६ का वडा अध्यक्ष राेशन सिंहले वताए ।
वभनगामा टाेलमा विकासकाे नाउँमा एक रुपैयाँ वजेट नदिनु , वडा कार्यालयमा कर्मचारी नियूक्ति , चाैकीदारकाे नियूक्ति , कति कर्मचारीहरु तलव खुवाउने , अधुरो वडा कार्यालय भवनमा  वजेट नदिनु  ,  वडा कार्यालयमा नवस्नु ,  विद्यालयमा  कार्यालय राखेकाे हुदा वालवालिकाहरुलाई पठनपाठनमा समस्या रहेकाे  सहितकाे मागमा उल्लेख गरिएको निवेदन वडा कार्यालयमा युवाहरुले।दिन पुगेका थिए।  स्थानीय युवा , राजनीतिकर्मी, भूपु वडा अध्यक्ष गाेविन यादव, समाजसेवी , वुद्विजीवी लगायतहरुकाे उपस्थितमा ताला खाेलिएकाे  जनाइएको छ ।