• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महिला कैदीवन्दीलाई तीज सामाग्री वितरण

महिला कैदीवन्दीलाई तीज सामाग्री वितरण
न्यूज टुडे
राजविराज, १८ भदौ । 
राजविराज कारागारका महिला कैदीवन्दीहरुलाई  तीज सामग्री वितरण गरिएको छ । हरितालिका तीज महोत्सव २०८१ मुल समारोह समिति सप्तरीले मंगलबार महिला कैदीवन्दीहरुलाई  उक्त सामाग्री वितरण गरेको हो ।
तीज महोत्सव आयोजक मुल समारोह समितिकी संयोजक अधिवक्ता मनु खनालको अध्यक्षता तथा राजविराज नगरपालिकाकी कार्यबाहक मेयर  इसरत  परविनको प्रमुख आतिथ्य  महिला कैदीवन्दीहरुलाई तीज सामग्री वितरण गरेको थियो । 
कैदीबन्दी  महिलाहरुलाई  चुरा , टीका  , सिन्दुर ,पोते , मिठाई , फलफूल , फ्रुटी लगायतका सामाग्री वितरण गर्दै कार्यबाहक मेयर परविनले तीज सबै महिलाहरुको पर्व  भएकालेे सबैले मनाउनु  पर्नेमा जोड दिइन्  ।  महिला कैदीवन्दीहरुलाई मनमा दुख  नलिइ रमाइलो गर्न आग्रह गर्दै मेयर परविनले चांँडो तपाईंहरुको कारागार जीवन मुक्त होस भन्दै  शुभकामना  व्यक्त दिइन् ।
 उक्त अवसरमा राजविराज नगरपालिकाकी  कार्यपालिका सदस्य  सोनि रजक , मन्जु खड्का, नगरपालिकाकी अधिकृत  कल्पना  देब ,सोडेक अध्यक्ष  मिरा देब, आयोजक समितिका  सदस्य अनिता  देवकोटा ,पुनम पोखरेल ,गिता पाण्डे  मौसमी झा लगयत समेतको उपस्थिति थियो । 
कारागार  जीवन बिताउनु पर्दा  चाड पर्वको मुखमा  उनीहरुमा पनि खुशी छाओस  भन्ने  उदेश्यले  १४ जना महिला कैदीवन्दीहरुलाई तीज सामाग्री वितरण गरिएको आतोजक समितिकी पुनम पोखरेलले जानकारी दिइन् ।