• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बँदेल मारेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले बुझाए वनलाई

बँदेल मारेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले बुझाए वनलाई
न्यूज टुडे
राजविराज, १६ भदौ । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी टप्पु क्षेत्र अन्तर्गत कोसीव्यारेजबाट बँदेल मारेको आरोप पक्राउ परेका शिकारी समुहलाई प्रहरीले वन कार्यालयलाई बुझाएको छ ।  धनजमानीमा छाडेका पुर्व डिआइजी सहित १० मध्ये ९ जनालाई प्रहरीले आईतबार थप अनुसन्धानका लागि वन कार्यालय सप्तरीलाई बुझाएको हो ।
भदौ १२ गते  मध्यराती कोशी टप्पुबाट बँदेल मारेर ट्याक्टरमा लोड गरी लैजाँदै गरेका पुर्व डिआईजी साहसहित १० जना शिकारीलाई प्रहरीले पक्राउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले  दिएको जानकारी अनुसार पक्राउ गरिएका शिकारी टोलीमा पूर्व डिआईजी ज्ञानविक्रम शाह र वहालवाला प्रहरी नायव निरीक्षक सञ्जय न्यौपानेसहितलाई धनजमनी छाडे पनि  थप अनुसन्धानका लागि ईलाका वन कार्यालय कंचनपुरलाई जिम्मा दिएको जनाएको छ । 
शिकारी टोलीमा पक्राउ परेका मध्ये हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी आकाश बहरखेर यादव विरामी रहेकाले हाजिर नभएको सप्तरी प्रहरीले बताएको छ । उ
क्त घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–२ का वडा सदस्य जर्नादन राउत, वडा नम्बर –५ का ओमशंकर प्रसैला, वडा नम्बर –१ का लक्ष्यण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बुलाई प्रहरीले वनलाई बुझाएका छन्।
बँदेल शिकार घटनामा प्रहरीले शिकारीकोे को २ त ६९ नम्बरको ट्रयाक्टर, गोली हानी मारिएको बंँदेल लोड गरेर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपिओ पक्राउ गरेका थिए। शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएका थिए ।