न्यूज टुडे
कञ्चनरुप , ६ भदौ ।
सप्तरीमा गर्मी बढेपछि जनजीवन कष्टकर भएको छ ।केही दिनदेखि चर्को घाम लाग्नाले अत्याधिक गर्मी भएपछि घरबाट बहिर निस्कन र हिडडुल गर्न समस्या हुन थालेको हो ।
भदौ महिना शुरु भए संगै चर्को घामका कारण चौक तथा बजारहरुमा आउने-जानेको भिड कम हुन थालेको छ ।
चोक चौताराहरुमा समेत बस्न नसक्ने अवस्थाले घर भित्र, एसी, पंखा खोलेर बस्न बाध्य भएको स्थानीय बताउँछन् ।
चर्को घाम र गर्मीले गर्दा घर बाहिर निश्कनलाइ गार्हो हुने गरेको सप्तरीको कंचनरुप १२ की गोमा कोइरालाले बताइन् ।
साउन महिनामा त घर अगाडिको चौतारामा सितल तापेर बस्थेउ तर भदौ लागेपछि चौतारामा समेत घामको रापले बस्न नसकेर घर भित्र पंखा तथा एसी खोलेर बस्न थालेको स्थानीय टेककुमारी रेग्मीले बताइन् ।
अत्याधिक गर्मीका कारण स्वास्थ्य संस्था तथा अस्पतालमा विरामीहरुको चाँप बढेको अस्पतालका चिकित्सकहरुले बताउछन् ।