• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मन्त्री साहद्वारा भू तथा जलाधार व्यवस्थापन कार्यालय उद्घाटन

मन्त्री साहद्वारा भू तथा जलाधार व्यवस्थापन कार्यालय उद्घाटन
न्यूज टुडे
राजविराज,०२ साउन, 
मधेश प्रदेशका  वन तथा वातावरणमन्त्री त्रिभुवन साहले पर्साको वीरगन्जमा स्थापना गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालयको उद्घाटन गरेका छन् । पर्साको वीरगन्जमा संचालित कार्यालय आइतबार आयोजित एक समारोहका वीच मन्त्री साहले उद्घाटन गरेका हुन् । 
कार्यालय उद्घाटन गर्दै मन्त्री साहले भूसंरक्षण, चुरे संरक्षण, नदी उकास जग्गा व्यवस्थापन, पानी मुहान संरक्षण, भूमि उत्पादकत्व व्यवस्थापन, क्षतिग्रस्त भूमि व्यवस्थापन, गल्छी पहिरो नियन्त्रण र खोला किनार संरक्षण तथा व्यवस्थापन गर्ने गरी कार्यालय स्थापना गरेको बताए । उनले मधेश प्रदेशको आठवटै जिल्लामा कार्यालय खुल्ने प्रतिबद्धता व्यक्त गरे।
उनले यस कार्यालयको जिम्मेवारीमा अति नै महत्त्वपूर्ण कार्य भएकोमा पर्साको वीरगन्जमा कार्यालय खुलेपछि भू तथा जलाधारसम्बन्धी समस्या भएका जनतालाई लाभ मिल्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले आठवटै जिल्लामा कार्यालय सञ्चालनमा ल्याउने तयारी थालेको दोहोर्‍याए ।
कार्यालयको उद्घाटन कार्यक्रममा प्रदेशका सचिव उद्धवबहादुर घिमिरे, प्रदेश वन निर्देशक जग्गनाथ प्रसाद जयसवाल,  जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज डिभिजन बन कार्यालय पर्साका प्रमुख डिएफओ हेमन्त कुमार साहलगायतका बन मन्त्रालयका विभिन्न शाखा प्रमुखहरु, मधेस प्रदेशका विभिन्न जिल्लाका भू तथा जलाधार व्यवस्थापन समितिका प्रमुखहरु, तथा विभिन्न कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।