तेश्रो मधेस आन्दोलनको प्रथम सहिद राजीव राउतको नवौं पुण्यतिथिको अवसारमा राजविराजमा शनिबार मैनवती प्रज्जवलन गरिएको छ । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराज स्थित गजेन्द्र चौकमा अवस्थित मधेशवादका प्रवर्तक गजेन्द्रनारायण सिंहको शालिक अगाडि मैनवती प्रज्जवलन गरेको हो ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा रहेका जसपा नेताकार्यकर्ताले सहिद राउतको स्मृतिमा मैनवती प्रज्जवलन गरेको जनाइएको छ ।
कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य पुनम यादव,रमिलादेवी साह, पुर्व उपसभामुख उपमा देव, नेता लक्ष्मण यादव, समजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य श्याम कुमार यादव, मविव क्याम्पस राजविराजका सभापति रन्जित कुमार यादव, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादवलगायतका जसपा स्थानीय नेताकार्यकर्ता , महिला, युवा, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा समेत सहिद राउतको नवौं पुण्यतिथिको अवसारमा दिपप्रज्जवलन गरिएको छ । भारदह स्थित सहिद राजीव चौक स्थित स्तम्भ अगाडि मैनवती बालेर मधेश आन्दोलनका प्रथम सहिद राउतको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको समाजवादी युवा संघ वडा नम्बर १ का वडा संयोजक अजय कुमार यादवले बताए । उक्त अवसरमा जसपा नेपाल पुर्व राजनीतिक समिति सदस्य जगदेव यादव, पुर्व संघीय परिषद सदस्य श्याम देव यादव , जसपा नेपाल जिल्ला सह- सचिब निलेश कुमार झालगायतका जसपा स्थानीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
तेश्रो मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर राउतको २०७२ साल भदौ १ गते भारदह चौकमा मृत्यु भएको थियो ।