नर्मदेव यादव
रुपनी, ०१ साउन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा शुक्रबार करेन्ट लागेर एक मजदुर गम्भीर घाइते भएका छन् । स्थानीय रामएकवाल यादबको छोरा अन्दाजी बर्ष २५ को अरबिन्द यादब गम्भीर घाइते भएका हुन् ।
स्थानीय श्याम नारायण यादवको घरमा वाइरिङ्ग गर्ने क्रममा मध्यान्हको समयमा करेन्ट लागेर गम्भीर घाइते भएको स्थानीयले जनाएको छ ।
छाती तथा हातमा करेन्ट लागेर गम्भीर घाइते यादवलाई तत्कालै स्थानीयले उद्वार गरी उपचारका लागि अस्पताल पठाइएका थिए । घाइतेको रायपुर स्थित युनिक अस्पतालमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गरेको अस्पताल प्रशासनले जनाएको छ ।