रामनाथ यादव
राजविराज, ३२ साउन ।
सप्तरी सदरमुकाम राजविराजको मुटुमा अवस्थित रहेकाे राजरंगशाला गौशाला बन्दै गएको छ । चारैतिर खुल्ला रहेको सप्तरीको पुरानाे रंगशाला गाईभैसी चर्ने स्थल बनेको हो ।
जिल्लाकै गौरवको रुपमा रहेको राजरंगशाला सम्बन्धित निकायको वेवास्ताका कारण दिनानुदिन कुरुप, अव्यवस्थित बन्दै गएको स्थानीयले बताउँछन् ।
राजविराजका पशुपालक किसानहरुले गाई भैसीहरु दिनभरी रंगशाला भित्र चराउने ठाउँ वनाएकाे स्थानीय राजेश यादवले वताए । राजविराज नगरपालिकाकाे केन्द्र विन्दुमा अवस्थित रंगशालाकाे पश्चिम पट्टी जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, हुलाक कार्यालय ,दक्षिणतर्फ पूर्वाधार विकास कार्यालय ,शहरी डिभिजन कार्यालय, शिव मन्दिर ,हनुमान हनुमान मन्दिर, भगवती पोखरी, राजविराज नगरपालिका कार्यालय ,पूर्वपट्टी नेपाल पत्रकार महासंघ शाखा ,उतर पट्टी रुपनी वस स्टेण्ड विचमा अवस्थित रंगशाला स्थानीय जनप्रतिनिधि र सम्वन्धित निकायकाे उदासीनताका कारण अहिले गाई भैंसी चर्ने ठाउँ वनेकाे उनले आरोप लगाए ।
यति मात्रै हैन खुल्ला रहेकाे कारण बाहिरबाट आएका यात्रुहरु दिसापिसाब गर्ने ठाउँ वनाएकाे उनको भनाई छ । “समस्या नै समस्याको चाङले बेरिएको राजगंगशाला वर्षा भएपछि केही क्षणमै पोखरी हुन्छ” उनले भने ।
२०३६ सालमा निर्माण भएको यो रंगशाला दुई विघा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । उचित मर्मत सम्भारको अभावमा अहिले रंगशालाको पर्खाल, ५ हजार जनता अटाउने मैदान , ठूलाठूला मन्त्रीहरुकाे भाषण दिने स्थल , विभिन्न कार्यक्रम गर्ने , मंच बनाउने तथा विभिन्न वैठक ,गाेष्ठी जस्ता कार्यक्रम गर्ने राजरंगशालालाई व्यवस्थित नगरिंदा गाई भैंसी चरण अर्थात गाैचण वनेकाे स्थानीयहरु बताउछन् ।
वजार आउने वटुवा , यात्रीहरुकाे दिसा-पिसाबका कारण फोहोर र दुर्गन्धित मैदानमा अर्कोतिर गाई भैंसी चरण स्थल बन्दा झनै यसको दुरअवस्था भएको स्थानीयको भनाइ छ । सम्बन्धित निकायको मौनताका कारण रंगशालाको जग्गा अतिक्रमण हुंँदै गएकाे समेत स्थानीयले जानकारी दिए ।