राजविराज, २६ साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलको ताण्डवले सम्पुर्ण गाउँपालिकामा अशान्त छाएको छ । मनपरी विरुद्ध स्थानीय जनताले थालेका आन्दोलनका कारण पालिका रणभुमिमा परिणत हुँदा पालिका अशान्त बन्न पुगेको हो ।
अध्यक्ष मण्डलले गरेको वेथिति विरुद्ध तिन वडा अध्यक्ष सहित केही जनप्रतिनिधि र स्थानीयले थालेका आन्दोलनले गाउँपालिका परिसर रणभुमि हुने स्थानीय बताउँछन् ।
उनीहरुले अध्यक्ष मण्डल विरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
जनप्रतिनिधि र स्थानीयले १० बूँदे ज्ञापनपत्र बुझाएका अनुसार श्रावण ३० गते धर्ना, भदौ २ गते तालावन्दी र भदौ ५ गते हुने नारा जुलुशले दुई पक्षीय झडपले गाउँपालिका रणभुमी हुन सक्ने स्थानिय जितेन्द्र प्रसाद यादवले बताए। अध्यक्ष मण्डलले गाउँपालिकामा देखाएको हैकमवादले स्थानीय सर्वसधारण सहित जनप्रतिनिधि संघर्षमा उत्रिन वाध्य भएको यादवले बताए ।
पालिकामा अध्यक्ष मण्डलको तानाशाही रोक्न बहुमत जनप्रतिनिधिसहित स्थानीयले प्रमुख जिल्ला अधिकारी, अध्यक्ष मण्डल, उपाध्यक्ष रेणु कुमारी मण्डल र निमित्त प्रमुख प्रसाशकिय अधिकृत राम चन्द्र यादवलाई १० बूँदे ज्ञापनपत्र बुझाएका थिए । गाउँपालिकामा भएको गैर कानुनी गाउँसभा पुनः गर्नुपर्ने लगायत विभिन्न १० सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएका थिए।
कानून विधि,पद्धति प्रक्रिया पूरा नगरी १३ औँ गाउँसभा गरेकोले पुनः गाउँसभा गर्नुपर्नेसहितको १० बूदेँ माग राखी वडा नम्बर ५ का अध्यक्ष देवेन्द्र प्रसाद साहको अध्यक्ष मण्डललाईलाई ज्ञापन पत्र बुझाएका थिए ।
पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृतलाई वडा अध्यक्ष साह, १ नम्बर वडा अध्यक्ष उपेन्द्र यादव, २ नम्बरका वडा अध्यक्ष जितेन्द्र कुमार यादव लगायत १७ जनाको जनप्रतिनिधिको हस्ताक्षर सहित सयौ स्थानियवासीको उपस्थितीमा ज्ञापनपत्र बुझाएका थिए ।
स्थानीय नेता रामाकान्त यादवका अनुसार ३३ जना कार्यपालिका सदस्य मध्ये उपाध्यक्ष सहित १७ जना बहुमत गाउँसभा सदस्य गाउँसभाको विपक्षमा रहे पनि जबरजस्ती सभा भएको घोषणा गरेको आरोप छ ।
अध्यक्ष मण्डलले जवरजस्ती गरेको १३ औँ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित भएको गाउँसभा बदर गरी पुनः गाउँसभा गर्नुपर्ने, २०७९÷०८० र २०८०÷२०८१ मा कुन निकायबाट कति रकम गाउँपालिकाले प्राप्त गरेको विवरण सहित २०८० को लेखापरिक्षण प्रतिवेदनको विवरण, वडा नम्बर ३ अन्तर्गतका करिब २ सय २५ जनाको ०७९÷०८०को सामाजिक सुरक्षा तत्काल उपलब्ध गराउँनुपर्ने माग रहेका छन् ।
यसैगरी कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार र डोरहाजिरीमा कार्यरत कर्मचारीको विवरण, पालिकालाई आर्थिक व्यवभार पर्ने गरी अध्यक्षको मातहतमा रहेको ३ वटा मोटरसाईकल र दुई वटा स्कारपिओ राख्नुको कारण सहित अध्यक्षले नै स्पष्टीकरण दिनुपर्ने, कर्मचारीहरु नियमित कार्यालय नआउनुको कारणको जानकारी दिनुपर्ने, स्वयमसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीले तलबभत्ता यथाशिघ्र मिलाउँनुपर्ने, १३ औँ गाउँसभाको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थिति मै राख्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
अध्यक्ष मण्डल र उपाध्यक्ष रेणु कुमारी मण्डललाई ज्ञापनपत्र बुझाउने समाचार संकलन गर्न पुगेका पत्रकारलाई मंगलबार अध्यक्ष मण्डलले दुर्व्यवहार गरेपछि सर्वत्र आलोचना भएको छ ।