• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथको सरसफाइ अभियान ११ औं हप्ता पनि जारी

सप्तरी युथको सरसफाइ अभियान ११ औं हप्ता पनि जारी
न्यूज टुडे
राजविराज, २६ साउन । 
सप्तरी युथ नेपालले थालेको राजविराज नगरपालिका सरसफाइ अभियान शनिबार पनि जारी राखेको छ। हाम्रो राजविराज हामीले बनाउनु पर्छ भन्ने उदेश्यले सप्तरी युथ नेपालले सुरु गरेको नगर सरसफाइ अभियान ११ हप्तासम्म पनि जारी राखेको हो ।
सबैको सकारात्मक सोच र सहयोगबाट सहरलाई सुन्दर सफा राख्न सकिने भएकोले सरसफाइ अभियान सुरु गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु कुमार यादवले बताए । 
“सहरको सौन्दर्यकरण र सफाईलाई आफ्नो जिम्मेवारी ठानेर काम गर्ने मानसिकता नै हामीलाई परिवर्तनको मार्गमा अघि बढाउन सक्छ” यादवले भने,”‘हाम्रो राजबिराज हामीले बनाउनुपर्छ’ भन्ने उद्देश्यले सप्तरी युथ नेपालले  प्रत्येक शनिबार सहरको सफाई अभियानमा तल्लिन भई महत्वपूर्ण योगदान गरेको छ।”
अभियानले नगरबासीलाई स्वस्थ्य बाताबरण प्रदान गरी सबैमा सरसफाइको भावनाको विकास गरी सकारात्मक संदेश दिनेमा उनले विश्वास गरे ।
“यस अभियानको क्रममा, हामीले राजबिराजलाई अझ सुन्दर र सफा बनाउन मन, वचन, र कर्मले एकजुट भएका छौं। हाम्रो उद्देश्य सहरलाई केवल बाहिरबाट सुन्दर देखाउने मात्र होइन, यहाँ बसोबास गर्ने सबैलाई स्वास्थ्यकर वातावरण प्रदान गर्नु पनि हो” यादवले भने,”हामी सबैले मेहनत नगरेसम्म यो कार्य सफल हुन सक्दैन, त्यसैले अब आफ्नो कर्तव्यबाट पन्छिने समय होइन।” 
“यो अभियान केवल सफाईको लागि मात्र नभई, हामी सबैको मनोभावना र कर्तव्यप्रति जागरूकता फैलाउन पनि हो। यसले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ र यसैगरी निरन्तरता दिदै जाँदा राजबिराजलाई नयाँ उचाइमा पुर्याउने हाम्रो सपना पूरा हुनेछ।” उनल भने ।
सफाई अभियानको क्रममा सहभागी भएका सबैलाई धन्यवाद दिदै उनले तपाईंहरूको परिश्रम र योगदानले सहरलाई साँच्चै नै नयाँ स्वरूप दिने भन्दै अभियानमा निरन्तर  सहयोग र सहभागीताको लागि आग्रह गरे । 
“आउनुहोस्, सधैं यसरी नै मिलेर सहरको विकास र समृद्धिमा हातेमालो गरौं” उनले भने ।