न्यूज टुडे
राजविराज, २५ साउन ।
सप्तरीको डानेश्वरी नगरपालिकामा शुक्रबार ३० औं विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद डाक्नेश्वरी नगरपालिकाको आयोजनामा एक समारोहको वीच विश्व आदिवासी दिवस मनाइएको हो ।
नगर अध्यक्ष अर्विन्द कुमार चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख यादव, डाक्नेश्वरी नगरपालिका १ का वडा अध्यक्ष पृतमलाल चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष रमेश कुमार चौधरी, वडा नम्बर २ का कार्यबाहक अध्यक्ष हरि नारायण चौधरी, वडा नम्बर १ का पुर्व वडा अध्यक्ष विजय कुमार चौधरी,नगर प्रशासन प्रमुख उमेश प्रसाद साह, थाकस जिल्ला सल्लाहकार निरनजन चौधरी, आदिवासी जनजाति महासंघ नगर सल्लाहकार जय प्रकाश चौधरी, वडा नम्बर ९ का अध्यक्ष हरि नारायण चौधरी, भिखो देवी चौधरी,बलराम चौधरी, शिक्षिका रिता कुमारी चौधरी, चन्द्रकिशोर चौधरी,सुरेन्द्र प्रसाद चौधरी, भगवती प्रसाद मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद डाक्नेश्वरी नगरपालिकाका उपाध्यक्ष रामचन्द्र मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अर्चना कुमारी चौधरीले गरिन ।