न्यूज टुडे
राजविराज, २४ साउन
गजेन्द्रनारायण सिंह अस्पतालमा थप तीन वटा वार्ड सुचारू हुने भएको छ ।अस्पतालमा एनआइसियु ,आइसियु र बर्न वार्ड सुचारू गर्ने तयारी थालिएको हो ।
१५ /१५ बेडको एनआइसियु ,आइसियु र ९ बेडको बर्न वार्ड सुचारू गर्ने तयारी रहेको अस्पतालका मेसु नागेन्द्र यादवले बताए ।
‘उपकरणहरू अघि देखि नै ल्याएर थन्काइएको छ, म आएपछि अब यसलाई सुचारू गर्ने तर्फ ध्यानदिएको छूँ, उनले भने ।
मेसु यादवले कर्मचारीको अभाव रहेको भन्दै चाँडै भर्ना गरि वार्डहरू संचालन गर्ने बताए।
उनले भने ‘अहिले कर्मचारीको अभाव छ चाँडै भर्ना गरेर यी वार्डहरू संचालनमा ल्याउँछौँ ।’