• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जयमाला मृत्यु प्रकरण :  संजिव साह पक्राउ

जयमाला मृत्यु प्रकरण :  संजिव साह पक्राउ
न्यूज टुडे
राजविराज, २१ साउन । 
झण्डै अढाई महिनाअघि सप्तरीको कन्चनरूप नगरपालिकामा एक महिलाको मृत्यु भएको प्रकरणमा एक जना पक्राउ परेको छ ।  प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नम्बर ८ का पप्पु भनिने संजिव साहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहलाई सोमबार सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 
कंचनरुप नगरपालिका वडा नम्बर ८ की ५७ वर्षीया जयमाला गुप्ताको ९ जेठमा पहिचान खुल्ल नखुलेको सबारीको ठक्करले मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । यद्यपी ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन् । 
गत जेठ ९  राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर घर आउने  क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो । 
ठक्कर दिने व्यक्तिको खोजी गर्न मृतकका छोरा डा. तुलाकृष्ण गुप्तासहितका परिवारजन निरन्तर प्रहरी समक्ष अनुरोध गर्दै आईरहेका छन् ।