• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरको ५ नम्बर वडा कार्यालयमा तालाबन्दी

अग्नीसाइरको ५ नम्बर वडा कार्यालयमा तालाबन्दी
न्यूज टुडे
राजविराज, १७ साउन । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ नम्बर वडा कार्यालयमा बिहीवार तालाबन्दी गरिएको छ ।कार्यबाहक  वडा अध्यक्ष हरि खंगले विवादित जग्गाको सिफारिस गरेको आरोप लगाउंँदै स्थानीयले वडा कार्यालयमा ताला लगाएको हो । 
वडा कार्यालय तालाबन्दी गर्न पुगेका स्थानीय । फोटो : न्यूज टुडे
तालाबन्दीका कारण वडा कार्यालयको सम्पुर्ण कामकाज ठप्प भएका छन् ।  
वडा नम्बर ५ छपकी निवासी अन्दाजी बर्ष ७५ का जलिल मियांँको जिविकामा २ दाजुभाइको हक लाग्ने जग्गामा १ जनाले जग्गा पास गर्न खोज्दा  उनको कान्छो छोरा मो. अजमका श्रीमती जैफुल खातुनले वडा कार्यलायमा विवादित जग्गाको सिफारिस नगरी दिनु भनी निवेदन दिएपनि जग्गाको सिफारिस वडा कार्यालयबाट दिएपछि जग्गा पास भएका थिए ।
जलिलको छोरी हसिना कुमारीको नाममा रहेको जग्गा वडा कार्यालयले जग्गाको सिफारिस दिएपछि  जेठो छोरो रहमतुल्लाहको श्रीमती  जलिलको जेठी बुहारी  जलोखा खातुनको नाममा  १३ कट्ठा जग्गा पास भएपछि विवाद उत्पन्न भएको थियो । 
वडा कार्यालयमा गाउँपालिका स्तरीय युवा संजालका अध्यक्ष महेश प्रसाद यादव, पुर्व वडा अध्यक्ष श्रीप्रसाद यादव, पुर्व वडा सदस्य हसमत, मो इद्रीस सहितको सयौंको संख्यामा उपस्थित स्थानीयबासीले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । 
उक्त जग्गाको सिफारिसमा वडा अध्यक्ष खंगको हस्ताक्षर रहेको निवेदक जैफुलले बताइन् ।
वडा अध्यक्ष  खंगले आफुले उक्त जग्गाको सिफारिस नगरेको दावी गरे । उनले सिफारिसमा आफ्नो हस्ताक्षर नरहेको पनि बताए । 
वडा कार्यालयबाट १४ गते सिफारिस गरेको भनिएपनि पत्रमा ९ गते चलानी रहेको निवेदकको आरोप छ ।