• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकारलाई धम्की दिनेमाथि कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

पत्रकारलाई धम्की दिनेमाथि कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र
न्यूज टुडे
राजविराज, १७ साउन ।  
समाचार लेखेकाे निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका काेषाध्यक्ष एवम् राजविराज दैनिकका समाचार  संयोजक नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिनेमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने सप्तरीको महवेवा गाउँपालिका ६ का अभिषेक मण्डललाई कारबाहीको माग गर्दै  नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्वमा बिहिवार सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । 
ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका सप्तरीका पत्रकारहरु । फोटो : न्यूज टुडे
महासंघको पुर्व घोषित चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत  जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाइएको महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले जानकारी दिए । 
महासंघद्वारा सार्वजनिक तीनदिने चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा बिहीबार(१७ साउन) ज्ञापन पत्र बुझाउने, शुक्रवार(१८ साउन)देखि सप्तरी प्रहरीकाे समाचार बहिष्कार गर्ने,शुक्रवारै(१८ साउन)देखि हातमा कालाे पट्टि बाँधेर सप्तरीका पत्रकारले काम गर्ने रहेको छ ।
महासंघले बुझाएको ज्ञापनपत्रमा पहिलो चरणको आन्दोलनबाट समेत सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रनु बाध्य हुने  चेतावनी समेत दिएको छ । 
यस अवधिमा पनि पत्रकार धम्काउने मण्डलमाथि प्रहरीले कारबाही नथालिए दाेश्राे चरणकाे थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुने  ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
राजविराज दैनिक पत्रीकामा “महदेवामा कामै नगरी लाखौं भुक्तानी” शिर्षकमा  समाचार छापेको भन्दै गुप्तामाथी मण्डलले फोन गरेर ज्यानमार्ने धम्की दिएका थिए ।