• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलाठी कोइलाडीमा १६ जनालाई ह्ववेल चेयर वितरण

तिलाठी कोइलाडीमा १६ जनालाई ह्ववेल चेयर वितरण
रामनाथ यादव
राजविराज, १४ साउन । 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा आइतबार अपांगहरुलाई ह्ववेल चेयर वितरण गरिएको छ  । तिलाठी काेइलाडी गाउँपालिकाकाे सहयाेगमा उपाध्यक्ष फुल कुमारी साहकाे काेषवाट पालिका भित्र रहेका एक वाडवाट दुई जना गरी १६ जना अपांगता भएकालाई छनाैट गरि ह्ववेल चेयर वितरण गरिएको हाे ।
उपाध्यक्ष साहकाे अध्यक्षतामा वडा नम्बर ३का देव नारायण मण्डल , आरती कुमारी खंग, वडा नम्बर ४ का सुनिल साह,शिवम मण्डल,वडा नम्बर ५ मा रामविनय मुखिया , रन्जु कुमारी साह, उपेन्द्र कुमार मण्डल, रागवेन्द्र सिंह र वाड नम्बर ८ का वेचन मण्डल, वम दासलाई ह्ववेल चेयर वितरण गरिएकाे गाउँपालिकाका मुखिया जय नारायण साहले जानकारी दिए ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल,प्रमुख प्रशासकीय अधिकृत सराेज कुमार कर्ण, याेजना अधिकृत दिपक कुमार मण्डल, लेखा अधिकृत उपेन्द्र कुमार मण्डल,वडा नम्बर ८ का वडा अध्यक्ष सत्यनारायण यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव,व्यवस्थापन समिति सदस्य रामप्रसाद मण्डल,सेवाग्राहीका अभिभावक तथा समाजसेवीहरुकाे सहभागीता रहेकाे थियोे ।