• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पौडाहा खोलामा जाली क्रेट बाँध्ने कार्यमा चलखेल, आर्थिक बर्ष सकिंदा पनि निर्माण कार्य जारी

पौडाहा खोलामा जाली क्रेट बाँध्ने कार्यमा चलखेल, आर्थिक बर्ष सकिंदा पनि निर्माण कार्य जारी
न्यूज टुडे
राजविराज, १४ साउन । 
सप्तरीकाे कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित पाैडाहा खाेलामा जाली क्रेट बाँध्ने काममा व्यापक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । उपभाेक्ता समिति र जलश्राेत तथा सिंचाई बिकास डिभिजन कार्यालय राजबिराजकाे मेलाेमिताेमा अनियमितता भएकाे उनीहरुले दावी गरेका हुन् । 
जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय राजविराज, सप्तरी । फोटो : न्यूज टुडे
कमिसनको खेलमा उपभोक्ता समितिले आर्थिक बर्ष समाप्त भएपनि काम भने अझै जारी राखेको स्थानीयबासीको आरोप छ । 
“आर्थिक बर्ष समाप्त भएपनि काम भने समाप्त भएकाे छैन ”  एक स्थानीयले भने,”गत आव. २०८०/०८१ काे बजेटमा सूरु भएकाे काम असार महिनामै रकम भुक्तानी मिलान गरेपनि कामभने समाप्त भएकाे छैन ।”
 ५० लाखकाे काम गर्ने भन्ने लागत ईस्टीमेटकाे अनुसार असारकाे १५ पछाडीदेखी काम सुरु गरेकाे स्थानीयकाे भनाई छ । 
“असार १५ सम्म काम सम्पन्न गरीसक्नु पर्ने र २४ गतेसम्म कामकाे मुल्याङ्कन बमाेजिम रकम भुक्तानी लिनुपर्ने प्रावधानलाई मिचिएकाे देखिन्छ । असारकाे घाेप्टे अविरल बर्षासंगै आएको भेलमा कसरी जाली क्रेटकाे काम गरीयाे ? यस्ताे विषम परिस्थितिमा भएकाे कामकाे गुणस्तर कस्ताे हाे ? प्रश्न गर्दै एक स्थानीयले भने “हामीले निगरानी गर्नै सकेनाै ।  कुल बजेटकाे २५ प्रतिशत कमिशन रकम प्राविधिक बाहेक कार्यालयमा दिने सर्तमा हतारमा याे काम आएको हो काम गर्दै आएका समितिले बोलेको सुनेका हौ ।”
बैशाखमै  सुरु हुने भनिएकाे कामलाई राेकेर काेठे उपभाेक्ता समिति गठन गरि असार १५ देखि काम गर्नमा दुबैपक्षकाे सिधा हात रहेकाे स्थानियहरुकाे आरोप छ ।
गुणस्तरहीन काम गरी कमाउने नियतले सम्झौता सकिएपनि निर्माणको कार्य अझै नरोकेको उनिहरुको कथन रहेको छ । 
जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय राजविराजका इन्जिनियर सुलेन्द्र यादवले पौडाहा खोलाको तारजाली क्रेट बाँध्ने कार्यको मुल्यांकन गरी नियम अनुसार भुक्तानी दिईसकिएको बताए ।  कार्यालय र उपभोक्ता समिति विच भएको दुइपक्षीय सम्झौता अनुसारको मिति सम्म सम्पन्न कामको नाप जोख गरी कामको मुल्यांकनको आधारमा भुक्तानी दिइएको उनले दाबी गरे ।  स्टीमेट अनुसार १ सय ५३ मिटर लम्वाईमा तारजाली गर्ने र २ मिटर उचाईको बाँध बाँझ्ने र ५० लाख बजेट रहेपनि उक्त योजनामा २५ लाख विनियोजन गरी २५ लाख अर्कै स्थानका काम गरिएको उनले बताए । 
उनका अनुसार स्टिमेट अनुसारको तारजाली ल्याएकाले बजेट कम भएपछि  उपभोक्ताले आफनै रिक्समा काम गरिरहेका छन् । 
जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालयका प्रमुख रमन कुमार साहले पौडा खोलामा अनियमिता भएको स्थानीयको आरोप निरधार रहेको बताए । उनले कामको आधारमा प्राविधिक मुल्यांकन गरी, वडाको सिफारिसमा भुक्तानी  दिएको भन्दै यसमा कुनै किसिमको चलखेल नभएको दावी गरे ।