न्यूज टुडे
राजविराज,९ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो।
मनुराज प्राविधिक हुन् । उनी लामो समयदेखि त्यहाँ कार्यरत थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ । प्राविधिक मनुराज लामो समयका लागि पोखरा जान लागेपछि उनकी पत्नी समेत बच्चासहित सँगै जान लागेकी थिइन् ।
दुर्घटनामा परी ज्यान गुमाएका उनीहरु नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पुर्व सभापति प्रकाश खतिवडा र एकीकृत समाजवादी पार्टीकी केन्द्रिय सदस्य महिला नेत्री उषा पोखरेलकी जेठी छोरी, ज्वाइँ र नाति हुन् ।
पोखराका लागि उडेको जहाज दुर्घटना परी मृत्यु भनेको संख्या १८ पुग्को छ ।