न्यूज टुडे
रावविराज, २८ असार ।
श्री राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय राजविराजमा शुक्रबार वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको छ । नेपाल युनाइट्सले “सामाजिक सद्भाव प्रबर्द्धनमा विद्यार्थीको भूमिका” विषयक वतृत्वकला प्रतियोगीता आयोजना गरेको हो ।
वतृत्वकला प्रतियोगीतामा सामाजिक सद्भावलाई कसरी बलियो बनाउने, धार्मिक सहिष्णुतालाई सबैले कायम गर्नु पर्ने र सामाजिक न्यायका लागी महिलाहरुको पनि समान सहभागीताहरुलाई जोड दिदै सहभागीहरुले आ- आफ्ना तर्कहरु प्रस्तुत गरे ।
विद्यालयका प्राधानाध्यापक दिनेश प्रसाद यादवले यस्ता किसिमका अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको सर्वाङ्गीण विकाससँगै बोल्ने कलाको विकासमा अत्यन्तै सहयोग पुग्ने बताए । आयोजक संस्थालाई धन्यवाद दिदै उनले यस्ता किसिमका कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्न आग्रह गरे ।
सह –प्राधानाध्यापक चित्र रेखा देवले प्रतियोगिताले सामाजिक सद्भाव कायम राख्नका लागी के-के गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरुलाई बोध गराएको तथा जिम्मेवारी महशुस भएको बताइन् । उनले एक सहभागी प्रतिस्पर्धीले भनेको आजका विद्यार्थी भोलीका कर्णाधार हुन भन्ने भनाईलाई समुन्द्रमा एक डुङ्गा खियाउने व्यक्तिले जता डुङ्गा खियाउदै जान्छ उतै जान्छ, त्यसैगरी सामाजिक सद्भाव प्रबर्द्धनमा पनि विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारिन ।
१२ जना प्रतिस्पर्धीहरु सहभागी भएको प्रतियोगीतामा कक्षा ९ की छात्रा रितिका खतिवडा प्रथम, कक्षा १० की छात्रा सोनी साह दोस्रो, कक्षा ८ कि छात्रा खुश्वु कुमारी साह तेस्रो र कक्षा १० कि छात्रा खुश्वु यादवले सान्त्वना स्थान ओगट्न सफल भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट छात्रछात्राहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेको थियो भने अन्य सहभागीहरुलाई प्रोत्साहनको लागि सहभागीताको प्रमाण पत्र हस्तानतरण गरेको आयोजक संस्थाका अध्यक्ष मोहम्मद जियाउल रहमानले जानकारी दिए ।