न्यूज टुडे
राजविराज, २६ असार ।
देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गत
नेतृत्व तहमा ५० प्रतिशत महिला अनिवार्य सहभागीताको माग राख्दै राजविराजमा बुधबारस र्याली प्रदर्शन गरिएको छ । अन्तर- पुस्ता महिलावादी मंचको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्य दबाबमूलक र्याली प्रदर्शन गरिएको हो ।
२०८४ सालमा हुने हरेक तहको निर्वाचनमा ५० प्रतिशत महिलालाई अनिवार्य रूपमा नेतृत्व तहमा ल्याउनका लागि दवाव मूलक र्याली आयोजना गरेको कार्यक्रम संयोजक सुधा देवले बताईन् ।
राजविराज नगरपालिकाको कार्यालयबाट निस्केको र्याली नगरको विभिन्न भाग परिक्रमा गरि राजविराज नगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले महिलाले अधिकार पाउन संगठित हुनुपर्ने बताईन्।
“अधिकार त्यतिकै पाइदैन, अधिकारको प्राप्तिको लागि आन्दोलनको विकल्प छैन”उनले भनिन,घरमा त अधिकार पाउन संघर्ष गर्नु पर्छ ।”
घरमा सिमित हुनु र कार्यक्रममा सहभागी भएरपनि आफ्नो भनाई निर्धक्क भएर राख्न नसक्नु नै अधिकार पाउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ रहेको थियो ।
महिला माथि घरबाटै हुदै आएको भेदभाव हिंसाको अन्त्य गर्नुपर्ने धारणा उनको रहेको थियो । महिलाको हरेक क्षेत्रमा ५० प्रतिशत सहभागिताका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको परविनको भनाइ रहेको थियोे ।
लेखक तथा अन्तर – पुस्ता महिलनवादी मंचकी रिता साहले राजनीतिक देशको मूल नीति भएकोले यो नीतिमा महिलाको अनिवार्य सहभागिताका लागि यो अभियान देशभर गर्ने योजना अनुसार अधिकांश स्थानमा भईसकेपनि निरन्तर चल्ने जानकारी दिईन् ।
उनले नीतिगत तहमा महिलालाई सहभागी नगराएसम्म कुनैपनि क्षेत्रको विकास नहुने भएकोले जनसंख्याको आधारमा महिलाको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रम संयोजक एवम् पत्रकार सुधा देवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजविराज नगरपालिकाकी सामाजिक शाखाकी
अनिता चौधरी तथा कल्पना देवले गरेकी थिईन् ।
कार्यक्रममा महिला वडा सदस्यहरू,कार्यपालिका सदस्य,कर्मचारी तथा महिलाहरूको सहभागीता रहेको थियोे ।