न्यूज टुडे
राजविराज, २६ असार ।
अविरल बर्षासंगै महुली खोलामा अएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका १ मा बाँध भत्काउँदा सयौं बिघा खेतीयोग्य जमिन जलमग्न भएको छ । मर्मत सम्भार गरिएको दुई हप्ता नहुँदै बुधबार आएको बाढीले बाँध भत्काएको हो ।
तिरहुत गाउँपालिकाको लाखौं लगानीमा मर्मत सम्भार गरिएको बाँध बुधबार विहान १० बजे भत्किएको स्थानीयले बताएका छन् । बाँध भत्किदा सयौं विघा खेतीयोग्य जग्गा तथा रोपिएको धान बालुवाले पुरिएको स्थानीय एक किसानले बताए ।
कमिसनको खेलमा गाउँपालिकाले कम्जोर संरचना निर्माण गरेकाले पटकपटक विपदको सामाना गर्नुपरेको स्थानीयले दुखेसो सुनाए ।
गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोगले बाँध भत्किंदा ठूलो क्षति भएको स्थानीयको आरोप छ । यसअघि आएको बाढीले भत्काएको तटबन्ध तिरहुत गाउँपालिकाले बोरामा बालुवा भरेर बाँध मर्मत गरेका थिए ।
भारी बर्षासंगै महुली खोलामा बुधबार आएको बाढीले पुनः सोही स्थानमा बाँध भत्काएर सयौं विधा खेतीयोग्य जग्गामा क्षति पुगेको छ ।