• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीको ५६ वटै ढोका खुल्ला, तटीय क्षेत्रमा सतर्कता 

सप्तकोशीको ५६ वटै ढोका खुल्ला, तटीय क्षेत्रमा सतर्कता 
न्यूज टुडे
राजविराज, २३ असार । 
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । जलसतहले खताराको संकेत पार गरेको तथा अझै बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासीन्दालाई सचेत गराइएको हो ।
नदि आसपासका गाउँबस्ती बाढीको उच्च जोखिममा परेकाले आइतबार बिहानदेखि सप्तकोशीका ५६ वटै ढोका खोलिएका थिए । कोशी ब्यारेजमा आइतबार बिहान ११ बजे तीन लाख ७५ हजार ६९सय ३० क्यूसेक पानी मापन गरिएको छ  भने साँझ ५ बजे ३ लाख ९३ हजार ७ सय ७५ क्युसेक जलमापान गरिएको छ । 
सप्तकोशी जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह  समेत गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति सप्तरीले पनि  बाढीको जोखिम क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । 
पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले कोशी  आसपासका जिल्लाहरुमा बाढीको जोखिम उच्च रहेको जिल्ला विपद समितिले जनाएको छ ।