• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी जिल्लामा दूध उत्पादनको प्रचुर अनुकूलता छ । मुलुकमै प्रसिद्ध पाएको बरमझियाको पेडाले दूधको खपत बढाउने गरेको छ ।
गोबरगाढामा भैंसी पालन प्रचुर मात्रामा भई रहेतापनि बाटो घाटोको समस डुबानको जोखिम लगायतका कारणले त्यहाँ उत्पादित दूध बजारसम्म पु¥याउन समस्या छ । गोबरगाढामा उत्पादित दूधलाई सहज रुपले बजारसम्म पु¥याउन व्यवस्था हुन आवश्यक छ । यदि त्यस्तो व्यवस्थापनमा ढिलाई भयो भनेपनि दूध सुरक्षित राख्नका लागि चिस्यान केन्द्रको व्यवस्था गरेर भएपनि दूग्ध व्यवस्थालाई प्रोत्साहित गर्न आवश्यक छ । कतै दूध उत्पादनमा कमी त कतै बजारको अभाव लगायतको समस्याले सप्तरीमा यो व्यवसाय जुन गतिका साथ अघि बढ्नु पर्ने हो त्यस्तो हुन नसकेको अवस्था छ । सरकारले यहाँका पशुपालक किसानका लागि केही सहुलियत दिएको भएपनि अन्य समस्याका कारणले यहाँ दूध उत्पादनको प्रचुर सम्भावना रहेर पनि यो व्यवसाय उकासिन नसकेको अवस्था छ । शुक्रबार सप्तकोशी नगरपालिकाको फत्तेपुरमा दूध चिस्यान केन्द्रको उद्घाटन गरिएको छ ।
यसले त्यस भेगका किसानले उत्पादन गरेको दूध सुरक्षित राख्नमा त सघाउ पुग्ला । तर जिल्लाका अन्यत्र पनि दूध उत्पादनको प्रचुर सम्भावना रहेकाले यस्तो व्यवस्था त्यहाँ पनि गर्न सकियो भने उत्पादकत्वमा थप वृद्धि आउने छ ।