• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा व्यायाम सेवा संचालन
नर्मदेव यादव
रुपनी, २२ असार । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रुपनी बजारमा खुल्ला व्यायाम सेवा संचालन गरिएको छ ।  दस लाखको लागतमा संचालित व्यायाम सेवाको रुपनी गाउँपालिकाका अध्यक्ष  दिनेश कुमार यादवले शुक्रबार रिवन काटेर  उद्घाटन गरेका हुन् ।
रुपनी गाउँपालिका वडा नम्बर १ को सहयोगमा खुल्ला व्यायाम  सेवा निर्माण गरिएको  वडा १ की वडा अध्यक्ष लिला यादवले जानकारी दिइन् । 
व्यायाम सेवा उद्घाटन समारोहमा  रुपनी १ का पुर्व वडा अध्यक्ष पिताम्बर यादव,पुर्व वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष दिपेन्द्र पासवान,कार्यपालिका सदस्य बबिता साह,अनार देवि पासवान ,युवा नेता गजेन्द्र भगत,सिवेन्द्र पासवान ,धनविर भगत,मनोज यादवलगायत बजारबासीहरु उपस्थिति रहेको थियो। 
व्यायाम सेवा संचालनमा आएपछि स्थानीय व्यापारी, युवा, बजारबासी खुशी भएका छन् ।