भर्खरै प्रकाशित एसईई परीक्षामा करिब ४८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । करीब ५२ प्रतिशतको परिणाम एनजी आएका कारण उनीहरुले उच्च शिक्षा उच्च अध्ययन गर्ने बाटो बन्द भएको छ ।
प्रकाशित परिणाम अनुसार सबै भन्दा बढी विद्यार्थी गणित विषयमा असफल भएका छन् । असफल हुनेमा मधेश प्रदेशको अनुपात ६० प्रतिशत छ । गणितमा बढी विद्यार्थी असफल देखिनुको कारण हेर्ने हो भने मुलुकमा गणित र विज्ञान पढाउने शिक्षककै अभाव देखिन थालेको सरोकारवालाहरुको भनाई छ । शिक्षामा सुधारको कुरा गर्दा सम्बन्धित विषयगत शिक्षकको व्यवस्था अपरिहार्य हुन्छ । शिक्षक नै नरहेपछि पठनपाठनमा समस्या आउनु स्वाभाविकै हो । एसईईको सरदर उत्तीर्ण प्रतिशत ४८ भएपनि मधेश प्रदेशमा त ४० प्रतिशत जति मात्र परीक्षार्थी उत्तीर्ण भएको अवस्था छ । एसईईमा उत्तीर्ण प्रतिशत कम भएका कारण कक्ष ११ मा भर्ना लिने विद्यार्थीको संख्या पनि घटेर जाने निश्चित नै छ । उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरुको संख्या बढोत्तरीका लागि माध्यमिक तहबाटै सुधार ल्यानुको विकल्प रहन्न । शिक्षाका लागि सरकारले ठूलो परिणाममा लगानी त गर्ने गरेकै छ । तर त्यसको अनुपातमा शैक्षिक स्तर उकासिन सकेन भने यसरी गरिएको लगानी खेर जाने सक्ने तर्फ पनि विचार पु¥याउन आवश्यक छ । यसपालिको एसईईको परिणामले अझै सुधार गर्नुपर्ने संकेत गरेको छ ।
तसर्थ अर्को वर्ष यसमा सुधार ल्याउनका लागि अहिलेदेखि नै लागी पर्नुको विकल्प रहन्न ।