• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको सप्तरीको छिन्नमस्ता भगवतीको दर्शनार्थ वर्षै भरि श्रद्धालु भक्तजनको आउने क्रम जार रहन्छ ।
यस शक्तिपीठमा छिमेकी मुलुक भारतबाटसमेत उल्लेख्य संख्यामा दर्शनार्थी आउने गरेका छन् भने मुलुक भित्रका अधिकांश स्थानबाट दर्शनार्थी पुग्ने गर्दछन् । सप्तरीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि यस शक्तिपीठको ठूलो भूमिका रहने कुरा अकाट्य झै छ । तर यस्तो महत्वपूर्ण स्थल सम्म पुग्नका लागि बाटोघाटोको समस्या अझै समाधान हुन सकिरहेको छैन । सदरमुकाम राजविराजलाई पूर्व–पश्चिम लोकमार्ग सित जोड्ने रुपनी सडक आफै बेहाल अवस्थामा छ भने राजविराज–छिन्नमस्ता सडकमा पनि सवारी साधन चलाउन चुनौति नै छ । स्तरोन्नतिको काम सुरु भए पनि ढिलो काम भईरहेको, वर्षामा सडकका खाल्डाखुल्डी र पानी जाने गर्नाले जोेखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था छ । खाल्डो परेको ठाउँमा मर्मत सम्भारका लागि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष समेतले सम्बन्धित निकाय देखि केन्द्रसम्म पुगेर ध्यानाकर्षण गराई सकेका छन् ।
तर आश्वासन बाहेक काम केही पनि नभएका कारण अब आन्दोलनकै सुरक्षामा लाग्नु पर्ने भन्दै अध्यक्ष विद्यानन्द चौधरीले दुःख व्यक्त गरेका छन् । अबको अढाई महिनापछि दशैंको चहलपहल सुरु हुने र त्यस बेला हजारौंको संख्यामा छिन्नमस्ता दर्शनार्थीको ओईरो लाग्ने हुँदा उक्त सडकको शिघ्रातिशिघ्र मर्मत सम्भार जरुरी छ ।