‘मानो रोपेर नुरी उब्जाउने’ समय हो । यसै कारण असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्षको धान दिवस पनि शनिबार मनाईएको छ । देशभरि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाईयो ।
वर्षमा एक दिन मात्र यस्ता कार्यक्रम गरेर धान उत्पादनमा वृृद्धि भई हाल्छ भन्ने होईन । समग्र कृषि क्षेत्र नै यतिबेला ह्रासोन्मुख अवस्थामा रहेका कारण यसका बारेमा चिन्तनको आवश्यकता छ । धान लगायत समग्र कृषिको अवस्था पिछडिँदै जानुमा अन्य विभिन्न कारण पनि हुन सक्छन् । ती मध्ये एक प्रमुख कारण भनेको मुलुकमा वढ्दो बेरोजगारी पनि हो । रोजगारी खोज्ज्दै युवा जति विदेश पलायन हुन थालेपछि अहिले कृषिमा जनशक्तिको अभाव देखिएको छ । यही कारणले उर्बर खती बाँझै रहने र बाहिरबाट चामल लगायत अन्य खाद्यान्न आयात गर्नुपर्ने बाँध्यता आईपरेको हो । विदेशमा पसिना बगाएर आफ्नो मुलुकमा समृद्धि आउन सक्दैन ।
समृद्धिका लागि त आफ्नै माटोमा पसिना पोख्ने वातावरण मिलाउन आवश्यक हुन्छ । वर्षमा एक दिन खेतमा गएर, रोपोको माला लगाएर, हिलो खेलेर फोटो पोष्टयाएर मत्र धान दिवसको अन्तर्य पूरा हुन नसक्ने भएका कारण समग्र कृषि क्षेत्रका समस्या हल गर्न युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराई विदेशीनुबाट रोक्न प्रभावकारी नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयनको आवश्यकता छ ।