न्यूज टुडे
राजविराज, २९ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका –४ बनौलीमा मंगलबार दशरथ ठाकुरको १७ औ स्मृती दिवस मनाइएको छ । नेपाल कम्यनिष्ट पार्टी(माओवादी केन्द्र) अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको आयोजनामा बनौली गाउँमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस मनाइएको हो ।
ने.क.पा. (माओवादी केन्द्र) अग्नीसाईर कृष्णासवरन गाउँपालिका –४ का वडा अध्यक्ष मो.किसमत मंसुरीको अध्यक्षता तथा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको प्रमुख आतिथ्यमा सम्पन्न दशरथ ठाकुरको १७ औ स्मृती दिवस कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(बिमल),उपाध्यक्ष भागवत यादव,सचिव बेचन प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिका कार्यपालिका सदस्य कपिल सरदार,श्री प्रसाद मण्डल,रामदेव यादव,डम्बर सरदार लगायतले शहीद दशरथ ठाकुरले पार्टीको लागी गरेको योगदानको चर्चा गर्दै आ-आफनो विचार ब्यक्त गरे ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका –४ बनौली स्थित टोका वन भन्ने स्थानमा २०६४ साल जेठ २९ गतेका दिन अज्ञात समुहले गोली हानेर ठाकुरको हत्या गरेको थियो ।
यसै विच शहीद ठाकुरको १७ औ स्मृती दिवसको अवसरमा राजविराज स्थित नेता (शहिद दशन) चौकमा दिप प्रज्वलन समेत गरेको पार्टीले जनाएको छ ।