• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण

सप्तकोशीमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण
शिवप्रसाद आचार्य 
फत्तेपुर, २९ जेठ । 
सप्तकोशी नगरपालिकामा मंगलबार सूचनाको हक सम्बन्धी एक दिने अभिमुकीकरण कार्यक्रम आयोजना गरिएको छ।  सप्तकोशी नगरपालिकाको सहयोगमा सूचनाको हक मिडिया प्रालिद्वारा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरु । फोटो : न्यूज टुडे
सप्तकोशी नगरपालिका वडा नं २ स्थित गोवर्धन माविको सभाहलमा आयोजित  कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले जनताले सजिलै सूचना पाउनु पर्ने बताइन्। सरकारी निकायले प्रदान गर्ने कुनै पनि सेवा सुविधा होस वा सूचना जनताले थाहा पाउनु उसको नैसर्गिक अधिकार भएको उनले बताइन्।
आयोजक सूचनाको हक मीडिया प्रालिका अध्यक्ष दीपक आचार्यलेले कार्यक्रमको सहजीकरण गर्दै कुनै पनि कार्यालयले सूचना दिन कञ्जुसाई  गर्न नहुने बताए।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले  सूचना माग्ने काममा सूचना अभियान्ता होस वा पत्रकारले नगर भित्र त्रासदीपूर्ण  व्यवहार गर्ने गरेको भन्दै आक्रोश पोखे। उनले नगरपालिका  कुनै  पनि क्रियाकलापका सूचना उपलब्ध गराउन तयार रहेको भन्दै त्यसका लागि वातावरण सहज हुनुपर्नेमा जोड दिए। 
  
सप्तकोशी नगरपालिकाका सूचना अधिकारी शैलेश गुप्ताले  नगरले सूचना प्रदान गर्ने विधि र प्रक्रिया बारे जानकारी दिँदै नगर सूचना प्रदान गर्न तयार रहेको तर सूचना माग गर्ने नाममा अनावश्यक तनाव दिनेगरेको बताए।  कार्यक्रममा सूचना हकको लागि राष्ट्रिय महासंघकी  कोशी प्रदेश अध्यक्ष नजबुला खान,वडा नं १ का वडा अध्यक्ष रोहिणी पोखरेल, वडा नं ३ का अध्यक्ष देबाकान्त गोजेवार  लगायतले मन्तव्य व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष,नगर कार्यपालिका सदस्य,शाखा प्रमुखहरू, विभिन्न सहकारी निकायका प्रतिनिधिहरू,विद्यालयका सूचना अधिकारीहरु, वैंक वित्तीय संस्थाहरुका सूचना अधिकारीहरूको सहभागिता रहेको थियो। 
          सप्तकोसी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय सूचना आयोगले सहकार्य गरेको थियो।