न्यूज टुडे
राजविराज, २८ जेठ ।
राजविराज नगरपालिकाको सहयोग तथा हाम्रो नेपाल सहयोगी संस्था राजविराज ४ को आयोजनामा संचालित महिलाहरुको लागि अनुशिक्षण तालिम सम्पन्न भएको छ । राजविराज नगरपालिका ३ मा आयोजित नगर स्तरीय महिला समूह समितिका लागि अनुशिक्षण सम्बन्धि तीन दिने तालिम सोमबार सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मो. मोइन उद्विन (बब्लु खान)को अध्यक्षता तथा राजविराज नगरपालिकाकी सामाजिक विकास अधिकृत अनिता चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका विच तालिम समापन गरिएको जनाइएको छ ।
राजविराज नगरपालिकाका भरीका ६० जना महिला सहभागी तालिमको सहजीकरण रन्जिता यादव,मनिषा चौधरीले गरेकी थिइन् ।
उक्त अवसरमा विभिन्न टोल स्तरीय महिला समूह समिति समेत गठन गरिएको संस्थाका अध्यक्ष खानले जानकारी दिए ।
टोल स्तरीय महिला समूह समिति गठन गरी बचत गर्न प्रोत्साहन गर्न र राजनीतिक ,रोजगारी,विकास, समृध्दी तथा सरसफाइसहितका कार्यमा अग्रसरता बढाउनका लागि योगदान दिने अनुशिक्षण तालिमको उदेश्य रहेको आयोजक समितिकी कार्यक्रम संचालक समा अन्सारीले जानकारी दिइन् ।