• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल प्रहरी श्रीमती संघद्वारा अग्नीपिडितलाई राहत

नेपाल प्रहरी श्रीमती संघद्वारा अग्नीपिडितलाई राहत
 न्यूज टुडे
राजविराज, २७ जेठ । 
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका आगलागी पीडितलाई  राहत वितरण गरेको छ ।  आगलागीमा सर्वस्व गुमाएका पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेसले ४६ परिवार अग्नी पीडितलाई चामल,दाल,चिउरा,खानेतेल, चपल राहत स्वरुप वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा सहभागी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित उच्च प्रहरी अधिकारीहरु । फोटो : न्यूज टुडे
नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेसका अध्यक्ष गरिमा कुमारी पोखरेलले एक कार्यक्रम विच ४६ जना अग्निपीडित परिवारजनलाई  राहत वितरण गरे । 
उनले सेवा नै धर्म हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरी श्रीमती संघ आफनो स्थापना कालदेखि नै अनवरत रुपमा मानवीय सेवामा समर्पित हुदै  आएको बताइन् । यो संघ निस्वार्थ भावले विभिन्न किसिमका सामाजिक तथा मानव कलयाणकारी कार्यहरुमा अनवरत रुपमा लागी रहेको उनले बताईन । 
राहत वितरण कार्यक्रममा मधेस प्रदेस प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक यज्ञ विनोद पोखरेल, नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेसका उपाध्यक्ष मिना गुरुङ्, नेपाल प्रहरी मधेस प्रदेस कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ,  मधेस प्रदेस प्रहरी तालिम केन्द्र राजविराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भटराई ,सप्तरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव,  वडा नम्बर १ का वडाध्यक्ष जयश्वरकिशोर दास लगायतकाले राहत वितरण गरे । गत वैशाख १८ गते भीषण आगलागी हुँदा चिम्टीका ४६ परिवारका एक सयभन्दा बढी घर जलेर खरानी भएको थियो ।