न्यूज टुडे
राजविराज, २७ जेठ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले दोश्रो पटक मन्त्री परिषद विस्तार गरेको छ । मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुनित्रा सुवेदी भण्डारीले वन तथा वातावरण मन्त्री त्रिभुव साह र विना विभागीय मन्त्री सकिल अलिलाई नियुक्त गरेकी हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख भण्डारीले आइतबार सपथग्रहण गराइन । दोश्रो पटक मन्त्री परिषद विस्तारसंगै मधेश प्रदेशमा १६ सदस्यीय मन्त्री मण्डल गठन भएको छ ।
वनमन्त्री साह सिरहाबाट प्रत्येक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् भने विनाविभागीय मन्त्री अलि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्येक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
ती दुबैजना जनमत पार्टीका साँसद हुन् । यसअघि सप्तरीको सप्तकोशी नगरपालिकाकी रन्जु कुमारी मण्डल खङ्ग जनमत पार्टीबाट विना विभागीय मन्त्री नियुक्त भएकी थिइन् ।