• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेता यादवद्वारा तीन योजनाको एकसाथ शिलान्यास

नेता यादवद्वारा तीन योजनाको एकसाथ शिलान्यास
नर्मदेव यादव 
रुपनी, २७ जेठ । 
जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता एवम पुर्वमन्त्री महेश प्रसाद यादवले रुपनी गाउँपालिका वडा नम्बर १ मा आइतबार तीन योजनाको एकसाथ शिलान्यास गरेका छन् । स्थानीय खाडो खोलामा शवदाह गृह, पुस्तकालय तथा ध्यान केन्द्र भवन निर्माण, रुपनी-कटैया सडक खण्ड अन्तर्गतको रुपनी बजार प्रवेशद्वारको यादवले एकसाथ शिलान्यास गरेका हुन् । 
रुपनी गाउँपालिकाको विभिन्न तीन वटा निर्माण कार्यको आइतबार विहान ८ बजे पुर्व मन्त्री यादवले पुजापाठ गरी शिलान्यास गरेको स्थानीय छोटेलाल यादवले जानकारी दिए । 
  ४९ लाख ९९ हजार ७४ रुपियाँ लागतमा शवदाह गृह निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष फुलदेव यादवले बताए। रुपनी- कटैया सडक खण्ड तथा रुपनी बजार प्रवेशद्वार निर्माणको लागि २६ लाख ६७ हजार ७ सय १२ रुपियाँ रहेको उपभोक्ता समितिका अध्यक्ष देवलाल यादवले बताए । 
यसैगरी पुस्तकालय तथा ध्यान केन्द्र भवन निर्माण कार्यको लागि ४९लाख९९ हजार ७४ रुपियाँ बजेट रहेको उपभोक्ता समितीका अध्यक्ष फुलदेव यादवले बताए।
उक्त तीन वटै योजनाको निर्माण कार्य असार १५ गते भित्र सम्पन्न गरिसक्नुपर्ने उपभोक्ता समितिसंग सम्झौता भएको जनाइएको छ । 
उक्त अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव,वडा नम्बर १ का पुर्व वडा अध्यक्ष पिताम्बर यादव,वडा सदस्य सुर्य नाराय्ण सदा,छोटे लाल यादव,राजनरारायण यादव, कैलाश लौगी,किसुन यादव,फुलदेव यादव,भगवती यादव,राम लखन यादव,अर्जुन यादव,रामदेव यादव,शिव नारायण यादव,राजिव यादव,राम यादव,रुन्दी यादव,उपभोक्ता समितिका पदाधिकारीहरु लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसअघि पुर्वमन्त्री यादवले रुपनी देवी माताको दर्शन गर्नुको साथै  रुपनी देवीको निर्माण भइ रहेको मन्दिर र रुपनी १ स्थित खाडो पुल  पारी निर्माण भइरहेको राधाकृष्ण मन्दिरको समेत अबलोकन गरेका थिए ।