• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पकरीमा सेनेटरी प्याड बनाउने तालिम
न्यूज टुडे
राजविराज, २६ जेठ। 
सप्तरीको महादेवा गाउँपालिका१ स्थित पकरीमा ६ दिने सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । महादेवा गाउँपालिकाको सहयोगमा समाज सुधार तथा वातावरण विकास नेपालले तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
वडा नम्बर १ को कार्यालयमा शनिवार आयोजित एक समारोहको वीच सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको थियो ।
 
महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादवको अध्यक्षतामा  आयोजित सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्ष  कार्यक्रम उद्घाटन समारोहमा प्रशिक्षक अनिता चौधरी ,कार्यपालिका सदस्य अनारदेवी राम,वडा सदस्य कुरेशा खातुन,जिन्सी शाखाका  प्रमुख योगेन्द्र सेठ, पत्रकार देवराम यादव,समाज सुधार तथा वातावरण विकास नेपालका अध्यक्ष अर्जुन यादव,योगेन्द्र यादव,श्यामसुन्दर यादव,श्रवण यादव लगायतले तालिम बारे मन्तव्य व्यक्त गरेका थिए । 
६ दिनसम्म संचालन हुने तालिम तथा प्रशिक्षण कार्यक्रममा ४० जना सहभागी रहेको आयोजकले जनाएको छ ।