न्यूज टुडे
राजविराज, २५ जेठ ।
मधेश प्रदेशका मुख्यमन्त्रीमा सतिष कुम्मर सिंह नियुक्त भएको खुशियालीमा सप्तरीमा दिपावली गरिएको छ ।
जिल्लाबासी मुख्यमन्त्री भएको उपलक्ष्यमा सप्तरी युथ नेपाल ,ग्रीन नेपाल राजबिराजले शुक्रबार मैनबत्ती बालेर खुसीयाली मनाएको हो।
पहिलो पटक सप्तरी निवासी सिंह मुख्यमन्त्री नियुक्त भएकोमा राजबिराज स्थित गजेन्द्र चौकमा मैनवत्ती बालेर खुशीयाली मनाएको सप्तरी युथ नेपालले जनाएको छ ।
उक्त अवसरमा बोल्दै बक्ताहरुले मुख्यमन्त्रीको आगामी कार्यकालमा प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी युवा अभियन्ता मोहन कुमार यादव ,खेलान्नद दास, निराजन यादव,सुरज यादव, चन्द्रभूषण यादव, अमर कान्त यादवले मुख्यमन्त्री सिंहको नेतृत्वमा सप्तरीका युवाहरू मिलेर जिल्लाको समग्र विकासको लागि काम गर्नुपर्नेमा जोड दिए । सबै मिलेर मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशको समृद्धिको लागि एकजुट भएर काम गर्नुपर्ने उनीहरुकोको भनाइ छ ।
उनीहरुले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले जिल्लाको शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने विश्वास समेत व्यक्त गरे ।
जनमत पार्टी सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रत्येक्ष निर्वाचित प्रदेशसभा सदस्य सिंह शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।