रामनाथ यादव
राजविराज, २५ जेठ ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वलल्भ नर्सिङ माध्यमिक विद्यालयमा शुक्रबार विद्यालय व्यवस्थापन समितिहरुका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको । तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हरिनारायण मण्डलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाे वीच उनीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मण्डलले आफुपनि यसै विद्यालयमा पढेर आज गाउँपालिकाकाे अध्यक्ष भएकाे भन्दै यस विद्यालयलाई नमूना विद्यालय वनाउने तथा विद्यालयलाई गुरु दक्षिणा दिने प्रतिवद्वता व्यक्त गरे । विद्यालयकाे नाममा रहेकाे २२ विगहा जमिनकाे उव्जा के कति आउँछ भन्दै उनले त्यसकाे हरहिसाव सार्वजनिक गर्नु आग्रह गरे ।
शिक्षा विकास तथा खेलकुद इकाईका प्रमुख विजय कुमार मण्डलले विद्यालयमा समन्वय अभाव तथा प्रशासनकाे कमी रहेकाे बताए । शिक्षक, अभिभावक र विद्यार्थीहरुकाे साेच परिवर्तन भए मात्र विद्यालय अगाडि बढ्न सक्ने बताउँदै उनले विद्यालयको समग्र विकासका लागि सबैपक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तिलाठी काेइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज कुमार कर्ण ,गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साह, तत्कालीन गाउँ विकास समिति वभनगामाकट्टीका भूपू अध्यक्ष जिवछ मण्डलले विद्यालयमा शिक्षक गुटबन्दी ,राजनीति , कृपावाद, जातीवादलाई हटाउनु पर्ने बताउँदै शिक्षाकाे स्तरलाई सुधार गरि मानव जातीकाे उत्थान हुनुपर्नेमा जाेड दिए।
उक्त अवसरमा पूर्व उपाध्यक्ष नथुनी मण्डल , ७ नम्बरका पूर्ववडा अध्यक्ष गुलाव प्रसाद सिंह , ६ नम्बरका पूर्ववडा अध्यक्ष गाेविन यादव, अवकाश प्राप्त रेन्जर तुलसी यादव, राजनीतिकर्मी मुरली प्रसाद सिंह , मावि वभनगामाकट्टी प्लस टुका संयाेजक मदन प्रसाद देव , समाजसेवी गाेसाइ यादव , काे मधेपुरा विद्यालयका प्रधानाध्यापक रामप्रसाद यादव लगायतले विद्यालय र शिक्षाकाे वारेमा विचार राखेका थिए ।
शिक्षक भरत कुमार विश्वकर्माद्वारा संचालित
कार्यक्रममा स्वागत शिक्षक अरहुल कुमारी साहले गरिन ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव , सदस्यहरुमा रामप्रसाद मण्डल,निलम कुमारी रजक, राेजी कुमाछ सिंह ,दाता परिवारवाट निलम कुमारी सिंह , मनाेनित सदस्यमा झवर यादव ,शिक्षक प्रतिनिधि विरेन्द्र कुमार यादवलाई सम्मान पत्र तथा प्रमाण पत्र वितरण गरिएको थियाे ।