न्यूज टुडे
राजविराज, २५ जेठ ।
सप्तरीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंग्रातीलाई स्वागत तथा सम्मान गरिएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले प्रजिअ मंग्रातीलाई शुक्रबार स्वागत तथा सम्मान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहिवार हाजिर भएका प्रजिअ मंग्रातीलाई कार्यकक्षमा भेटेर अध्यक्ष झाले सफल कार्यकालको शुभकामना दिंदै सप्तरीका निजामती कर्मचारीहरुको समस्या बारे अवगत गराएका छन् ।
तीन तहको सरकारमा काम गर्दा कर्मचारीहरु मारमा परेको बारे ध्यानाकर्षण गराउँदै अध्यक्ष झाले प्रजिअ मंग्रातीलाई कर्मचारीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
प्रजिअ किरण थापाको सरुवा भएपछि मंग्राती सप्तरीको प्रमुख जिल्ला अधिकारीको रुपमा बिहीवार हाजिर भएका हुन् ।