• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संदिपले सफाई पाएको खुशीयालीमा दिप प्रज्वलन

संदिपले सफाई पाएको खुशीयालीमा दिप प्रज्वलन
उत्तम आचार्य 
कन्चनरुप २ जेठ ।
क्रिकेटर संदिप लामिछानेलाई उच्च अदालत पाटनले जबरजस्ती करिणी मुद्दामा सफाइ  दिएपछि सप्तरीको कन्चनरुप १२ रुपनगरकामा बुधबार दिप प्रज्वलन गरिएको छ ।  स्थानीय युवाहरूले रुपनगर चोकमा दिप प्रज्वलन गरि खुशीयाली मनाएका हुन् ।
कार्यक्रममा बोल्दै अभिषेक गौतमले उच्च अदालतले देशको हिरा प्रति उच्च सम्मान दिएर देशको शिर उचो भएको भन्दै अदालतलाई धन्यवाद समेत दिए ।
उनले सत्यको जहिले पनि जित हुने भन्दै  खुशी व्यक्त गरे । 
 कार्यक्रममा क्रिकेट खेलाडीहरु तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । “संदिप देशको हिरा हो, क्रिकेट हाम्रो शान हो”  भन्दै युवाहरुले संदिपको पक्षमा चर्को नारावाजी  समेत गरेका थिए ।