• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरीमा चारदलले बुझाए ज्ञापनपत्र, माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

डाक्नेश्वरीमा चारदलले बुझाए ज्ञापनपत्र, माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी
न्यूज टुडे
राजविराज, १ जेठ । 
सप्तरीको डाकनेश्वरी नगरपालिकामा चार राजनीतिक दलले विभिन्न १४ सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा र माओवादी केन्द्रले नगरप्रमुख रामलखन मलहालाई मंगलबार ज्ञापनपत्र बुझाएको हो । 
आन्दोलनमा उत्रिएका डाक्नेश्वरी नगरपालिकाका विभिन्न दलका नेताहरु । फोटो : न्यूज टुडे
विभिन्न राजनीतिक दलका नेताहरुले नगर प्रमुख मुखियालाई बुझाएको  ज्ञापनपत्रमा नगर शिक्षा ऎन संशोधन हुनुपर्ने, राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, आर्थिक बर्ष २०७९/०८०को कोभिड १९ मा खर्च गरिएको आयव्यय उपलब्ध गर्नुपर्ने, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणहरुमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्नुपर्ने, दरबन्दी मिलान बेगारको गरिएको शिक्षक सरुवाको निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई अविलम्ब सरुवा गर्नुपर्ने माग छ ।
यसैगरी पुराना कार्यरत कर्मचारीलाई राजनैतिक पुर्वाग्रही तरिकाले हटाइएकोमा पुनर्वहाली गर्नुपर्ने, सर्वदलीय बैठकद्वारा टोल, बस्ती समिती अविलम्ब गठन गरी संचालन गर्नुपर्ने, भ्रष्ट कर्मचारी उमेश साहलाई दरबन्दी भएको ठाउँ बनौला स्वास्थ्य चौकीमा अविलम्ब पठाउनुपर्ने, आव २०८९/०८० चालू आव २०८०/०८१ को हालसम्मको औषधी तथा सेनेटरीप्याडको खर्च विवरण अविलम्ब उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ । 
यस्तै आव २०७९/०८० स्वास्थ्य, कृषि तथा पशुस्वास्थ्यमा गरिएको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने, सामाजिक सुरक्षा भत्ता त्रैमाशिक रुपमा उपलब्ध ग्गर्नुपर्ने, आव २०७९/०८० देखि हालसम्मको इन्धनमा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने, सम्पुर्ण खर्च विवरणमा महालेखा परिक्षक प्रतिबेदनले औल्याएको समस्यालाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने, आव २०८०/०८१ मा शिक्षा शाखाबाट भएको खर्च विवरण उपलब्ध गर्न चार राजनीतिक दलले माग राखेको छ । 
जिल्ला समन्वय समिति सप्तरी र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा ७ दिनभित्र  माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी  समेत दिइएको छ ।
नगरप्रमुख मुखियालाई बुझाएको ज्ञापनपत्रमा जसपा नेपालका नगर अध्यक्ष लक्षणदेव साह, नेपाली कांग्रेसका नगर सभापति नारायण यादव, माओवादी केन्द्रका नगर इन्चार्ज भुलाई राम, लाेसपा नगर संयोजक रामसागर मण्डलले संयुक्त हस्ताक्षर गरेका छन् ।