• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालगायिका श्रेजु वाग्लेको “जय होस” सार्वजनिक

बालगायिका श्रेजु वाग्लेको “जय होस” सार्वजनिक
उत्तम आचार्य
कन्चनरुप , ३१ बैशाख  ।
हुने बिरुवाको चिल्लो पात भने झैं सप्तरीको कन्चनरुप ९ मिलटोल निवासी एक बालिकाले सानै उमेरमा गीत गाएर  इतिहास रचेकी छिन् । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको र्‍याप गीत ‘जय होस्’ राजधानीमा सोमबार आयोजित एक कार्यक्रमको विच सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक गर्दै मन्त्री चौधरी र साँसद यादव । फोटो : न्यूज टुडे
शेखर वाग्ले(सिड)को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गीतमा नेपाली र संस्कृत शब्द प्रयोग गरिएको छ ।
विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, र्‍यापर निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।
 महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र सांसद रेखा यादवले केक काट्दै भिडियो सार्वजनिक गरेका थिए । भिडियो बाबाछोरी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।