न्यूज टुडे
कञ्चनपुर, ३० बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमराका आगलागी पीडित परिवारलाई जस्तापाता वितरण गरेको छ । स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले आइतबार आयोजित एक कार्यक्रमको वीच संयुक्तरूपमा जस्तापाता बितरण गरेको हो ।
गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएका थिए । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पिडीतहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् ।
आगलागी पिडीतका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्ता,मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
पिडीत परिवारलाई प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी दिए । पिडीत मध्येकी एक सवितादेवी सरदारले जस्ता पाता सहयोगले घर बनाउन ठूलो सहयोग भएको बताइन्।
“खुल्ला अकाशमुनी बसेको महिना दिन पुग्न लाग्दा समेत घर बनाउन कत्तैबाट सहयोग भएको थिएन, उनले भनिन् जस्ता पाता सहयोग भएपछि हामीलाई राहत भएको छ ।”
कार्यक्रममा बोल्दै संयोजक पासवानले स्टोरीज अफ नेपालका संचालक जय पौडेललाई विगत लामो समयदेखी कञ्चनरुप ५का दलित समुदाय विपतका समयमा सहयोग गर्न सधै तत्पर रहेकोमा विशेष धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैलाश साह,वडा नम्बर ९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह,स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए ।
यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल ,स्थानीय नेताहरु चित्तरंजन यादव,कल्पना चौधरी ,बिजय चौधरी ,जिवछ सरदार ,सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्तिथिमा पीडित परिवारलाई जस्तापाता वितरण गरेका थिए ।
गत बिगतका बर्षहरुमा पनि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले संयुक्तरूपमा वडा नम्बर ५ दलित युवतीहरुका लागि ३ महिने सिलाई कटाई तालीम , दलित महिलाहरूका लागि मुढा बनाउने तालीम,बाढीबाट पीडितलाई घर मर्मत र ६ जनाको घर निमार्ण,५० जना मुसहर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा,कोरोना समय र बाढीको बेला राहत वितरण लगायतका काम गरेको जानकारी मञ्चका निर्देशक भोला पासवानले जानकारी दिए ।
निर्देशक पासवानका अनुसार सीप मुलक तालिमहरु संचालनका साथै आर्थिक रुपान्तरणका लागि व्यवसाय गर्नको लागि बिँऊ पुँजी दिएको र कञ्चनरुपका बिपन्न दलित परिवारहरुलाई जस्ताको घर समेत निर्माण गरिदिएको जनाएका छन् ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरी अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा कार्यक्रममा आयोजना भएको थियो ।