• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका महिलाहरुले मनाए डाेरा पर्व 
रामनाथ यादव
राजविराज, ३० वैशाख । 
हिन्दु धर्मावलम्बी महिलाहरुले सपता विपता डाेरा पर्व  दिनकर दिनानाथ एवम् रवि ब्रत गरी मनाएका छन् ।आफ्नो सन्तान र पतिको  दिर्घायुको कामना गर्दै  विवाहित हिन्दु महिलाहरुले आइतबार सपता-विपता डोरा पर्व मनाएका हुन् । 
याे ब्रत मंसिर महिनाकाे आइतवारवाट शुरु गरि वैशाख महिनाकाे अन्तिम आइतवार सम्पन्न गरिएको स्थानीय  ब्रतालु महिला पानाे देवीले बताइन् । उनले यहाँका महिलाहरुले वर्षाै-वर्षदेखि याे ब्रत लिंदै आएको जानकारी दिइन् । 
“खास गरि विवाहित महिलाहरुले सन्तान प्राप्ती पछि याे ब्रत शुरु गरिन्छ” उनले भनिन्” आफनाे सन्तान र पतिकाे दिर्घायु ,सुख , शान्ति सधै कायम होस् भन्ने कामना गरी कठोर ब्रत लिदै भगवान दिनकर दिनानथ एवम् सूर्यकाे पूजा गरिन्छ  । ” 
“महिलाहरुले शुक्रबार नुहाएर खाने , शनिबार निराहार ब्रत बसी साँझ पूजापाठमा पानसुपारी,फूलअगरवती खिर,केरा , साेहारी भगवानलाई चढाएर खरना गरिन्छ”  उनले भनिन् । 
 ब्रत मंसिर महिनावाट सुरु गरि  प्रत्येक हप्ताकाे आइतबार  ब्रत बसी  प्रत्येक आइतवार पाेखरीमा स्नान गरि पाेखरीमा पूजापाठ गरि अर्घ दिइ फलफूल ,ठकुवा चढाउने र  घरमा खिर, ठकुवा,खजुरिया, फलफूल , आरतपात, डाेराआदि चढाएर सपता-विपता कथा सुनाएर विधि पूर्वक पूजापाठ गरि सितल मैया सितलीकाे गीत गाउँने चलन रहेको ब्रतालु महिलाहरु बताउँछन् ।