• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा पोखरीमा डुबेर एक बालकको मृत्यु

कञ्चनरुपमा पोखरीमा डुबेर एक बालकको मृत्यु
उत्तम आचार्य 
कञ्चनरुप , १० बैशाख  । 
सप्तरीको कञ्चनरुप नगरपालिका ८ भगवती मन्दिर नजिक रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कन्चनरुप नगरपालिकाका वडा नम्बर ९ बस्ने बिक्रम रामको सात वर्षीय छोरा विशाल रामको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बालक आइतबार दिउँसो पोखरी नजिक खेल्ने क्रममा  पानीमा डुबेका थिए । मृतक बालकको शव परिक्षण गरि सोमबार परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाइएको छ । 
 
मृतक बालक श्री भगवती राष्ट्रिय प्राथमिक विधालयको कक्षा २ मा अध्यनरत थिए । मृतक बालकको शोकमा बिधालय सोमबार विदा गरिएको प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताइन ।