• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कन्चनरुप पडेमाराका ११ परिवार अग्नीपीडितको विचल्ली

कन्चनरुप पडेमाराका ११ परिवार अग्नीपीडितको विचल्ली
न्यूज टुडे
राजविराज, १० बैशाख । 
आगलागीबाट सर्वोस्व गुमाएका सप्तरीको कन्चनरुप नगरपालिका ५ पडेमाराका ११ परिवार विचल्लीमा परेका छन्। आगलागीमा परी सम्पुर्ण धनमाल जलेर नष्ट भएपछि उनीहरु विचल्लीमा परेका हुन् ।
खुल्ला आकाशमुनि जीवन यापन गर्दै अग्नीपीडितहरु । फोटो : न्यूज टुडे
आगोले खाद्यान्न,लत्ताकपडा लगायतका दैनिक उपभोग्य अतिआबश्यक सामाग्री जलेर नष्ट भएपछि समस्या परेको अग्नीपीडित लालबहादुर सरदारले बताए । घरसहित सर्बोस्व गुमेपछी टन्टल्लापुर घाममा त्रिपाल टागेर बस्न बाध्य भएको उनले दुखेसो सुनाए ।
आगोले गाउँनै सखाप हुँदा खाद्यान्नसहित खानेपानी र विजुली बत्तिको समस्या भएको अर्का अग्नीपीडित विजुली सरदारले बताए । आगोमा परेर भएको सम्पुर्ण सम्पत्ति जलेर सखाप भएकाले बालबालिकासहित सम्पुर्ण परिवारलाई हातमुख जोड्न धौधौ भएको उनले बताए । 
आइतबार दिउँसो आगलागी हुँदा ११ परिवारको २४ घर जलेर खरानी भएको थियो । आगलागीमा लालमोहन सरदारको ४ वटा  ,बिजुली सरदारको ओटा , आशा सरदार , लालबहादुर सरदार , सुधीर सरदार , बिरबहादुर सरदार , श्यामबहादुर  सरदार , रामबहादुर सरदार , बुटु सरदार को दुइ दुइ वटा र त्रिभुवन सरदार , करण चौधरी , समुन्द्री सरदारको एक एक वटा  गरि २४ वटा घर जलेर जलेका थिए । 
आगलागीमा परि ११ परिवारको २४ वटा घर, गोठ टहरा, अन्नपात, लत्ताकपडा, फर्निचर, ग्यास चुल्हो, सिलिन्डर,बाख्रा,बाख्रा पाठो, विधुतीय सामाग्रीसहित दैनिक उपभोग्य बस्तुहरु जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अग्नी पीडितहरु त्रिपाल टागेर र आफन्तको घरमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएको छ ।